लन्डन । विश्वव्यापी बजारलाई सोसिएल मिडियामा जोड्न सफल फेसबुकका मालिक मार्क जुकेरवर्ग, इन्सटाग्रामका केभिन सिस्ट्रोम र माइक क्रिगर अनि टुइटरका संस्थापक ज्याक डोरसीलाई चुनौती दिन मैदानमा उत्रिएका छन् एक जना नेपाली ।
सामाजिक सञ्जालहरुमा अनुत्पादक कुरा धेरै भएको र नकारात्मकतर्फ उन्मुख गराएको बुझाइकै बीच अर्काे सामाजिक सञ्जाल लिएर विश्व बजारमा उनी उदाउन खोज्दैछन् सगुन डटकममार्फत । सामाजिक सञ्जालकै सहारामा विश्व बजारमा उभिएका फाउन्डर गोविन्द गिरी अहिले साताभर बेलायतस्थित विभिन्न शहरमा नेपाली माझ पुगिरहेका छन् ।
आफ्नो ज्ञानलाई विश्व बजारमा चिनाउन बुद्धिसंगै आर्थिक स्रोतको जरुरत पनि छ । त्यही जरुरत पुरा गर्न बेलायतका नेपाली माझ अमेरिका र क्यानाडाको टोली सदस्य लिएर लन्डनमा यसै साता झरेका हुन् उनी ।
अमेरिकाको पेन्टागनमा काम गरेको अनुभवलाई बेलायती नेपालीबीच साटासाट गर्न र समाजका अगुवासंग परिचयमै व्यस्त छन् उनी र टिम । विश्व बजारमा अर्बौं पैसा बोकेर हिंडिरहेका व्यापारीसंग पैसा नलिई किन उनी बेलायत आए ? यो प्रश्न मैले उनीसंग गरे । सामान्य पहिरनमा देखिएका गिरीले वीनेपालीसंग भने, ‘मसंग भएको ज्ञानलाई मैले आफ्नै तरिकाले उपयोग गर्न खोजेको छु । त्यही भएर नेपाली माझ लगानीका लागि अपिल गर्दै हिंडेको छु, हेरौं कहांसम्म पुग्छु ।’
सगुन डटकमका संस्थापक गिरीका कुरा सुन्दा सन् २०२० भित्रै एक नेपालीले विश्वबजारमा चमत्कार ल्याउने छन् । त्यो दिन आउन अब तीन वर्षमात्र बांकी छ ।
संस्थापक गिरीका कुरा सुन्दा लाग्छ, जोखिम बिना यत्रो ठूलो काम हुन सक्दैन् । तर, गिरीकै ज्ञानमा नेपालीले नै पाउण्ड दाउमा लगाउने वा नलगाउने त्यो भने सोचेर निर्णय लिन जरुरी छ । गिरीसहितको टिमको ज्ञान-बुद्धिमा बेलायतवासी नेपालीको पाउण्ड कत्तिको लाग्ला त्यो हेर्न केही समय कुर्नै पर्छ । करिव तीन घण्टाको कार्यक्रममा संस्थापक गिरी र उनको टिमलाई सुन्ने सबैले योजना धेरै महत्वकांक्षी भएको बताएका थिए ।
बेलायतमा आयोजित कार्यक्रमहरुमा उनले वीर गोर्खालीको नाम बेस्सरी बेचेका छन् । बेलायत, हङकङमा त गोर्खाको व्यापार चल्ला, तर अमेरिका, क्यानाडा, अष्ट्रेलिया र युरोपका मुलुकमा भने वीर गोर्खालीको गाथा गाएर लगानी जुटाउन सहज छैन् ।
सगुन डटकमका सस्थापक गिरीसंगको भेटघाटपछि एउटा कुरा चाहिं पक्का भयो- तत्काल यसले नेपाललाई केही फाइदा दिंदैन । दीर्घकालिन रुपमा नेपाल र नेपालीले फाइदा लिने कुरा भने समयले बताउला ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा