लन्डन । बेलायतका युवाबीच जुलाइ अन्तिम साता गरिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ ०१७’ मा वीनर बनेपछि दंग छिन् २१ वर्षीया जसिता गुरुङ । ‘धेरै माया, सम्मान, साथ र अफर आएका छन्’, मिडियामा त्यति नखुल्ने जसिता शुक्रबार भन्दै थिइन्, ‘नाचले नै मलाई चिनाएकाले अब नेपाली कम्युनिटीका कार्यक्रममा पनि सक्रिय हुन्छु ।’
सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो नृत्य प्रतियोगितामा १३ प्रतिष्पर्धीलाई उछिनेर विजेता बनेकी उनी आफूलाई भाग्यमानी ठान्छिन् । हुन पनि विजेता बनेको महिना दिन नबित्दै बेलायतस्थित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले उनलाई विज्ञापनमा खेलाउन अनुवन्ध गरिसकेको छ भने एउटा चलचित्र समेत पाइप लाइनमा छ । ‘फिल्मको नाम चाहिं अहिले सरप्राइज नै राखौं होला’, उनले भनिन्, ‘राम्रो रोल आए निरन्तर म्यूजिक भिडियो र फिल्म खेल्नेछु ।’
स्कुल देखि नै नृत्यमा रुचि राख्थिन् उनी । मेक अप आर्टिस्ट र ब्युटी ब्लगर जसिताले ट्राभल एण्ड टुरिजममा डिप्लोमा गरेकी छन् । तर, आउंदो सत्रदेखि साउथ हयाम्पटन सोलेन्ट युनिभर्सिटीबाट मेकअप एण्ड हेयर डिजाइन पढ्ने सुरसारमा छिन् उनी । गुड लुकिङ र यूके डान्स अफ वीनर । उनलाई प्रेम प्रस्ताव नआउने कुरै भएन । तर, उनी डिफेन्ड गर्दै थिइन्, ‘यो करिअर बनाउने बेला हो र त्यसैमा फोकस गरिरहेकी छु । सिंगल नट रेडी टु बी मिंगल ।’
पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी हुन् । बेलायतको वीन्चेस्टरमा बसाइ छ । ‘लाहुरे परिवारमा जन्मिएकामा मलाई गर्व र भाग्यमानी लाग्छ’, उनले सुनाइन्, ‘गोर्खाहरुले विश्वमा नेपालको नाम उंचो राखेका छन्, म उनीहरुको सधैं सम्मान गर्छु ।’
१२ वर्षकै उमेरमा बेलायत आएकी जसिता यहांको खुल्ला समाजमा घुलमिल भएर टिनएज पार गरिसकेकी छन् । प्रेम र सेक्सबारे उनको धारणा के होला ? भन्छिन्, ‘प्रेम मनबाटै आउने एउटा फिलिङ हो जसले मानिसलाई खुशी तुल्याउंछ । हयूमन नेचर सेक्स नभए त हाम्रो सृष्टि नै हुने थिएन ।’
नेपाल बारम्बार गइरहने उनी नयां पुस्ताले च्यारिटी, सामाजिक काम र सीपबाट मातृभूमिलाई धेरै मद्दत गर्न सक्ने ठान्छिन् । समयले साथ दिए राम्रो च्यारिटेबल काम गर्ने सपना उनको रहेछ ।
तस्विरः मिलन तमु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया