लन्डन । स्कटल्याण्डवासी सामाजिक अभियन्ता भोला खनालले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान फेसबुक लाइभमार्फत उनले आफू उपाध्यक्षको आकांक्षी भएको घोषणा गरे ।
एनआरएनए यूकेमा स्कटल्याण्डको प्रतिनिधित्व गर्दै लामो समयदेखि सल्लाहकारको रुपमा काम गरेका खनालले एनआरएनए यूके तीन राज्य (वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्ड) लाई बाहिर राखेर लन्डनमा मात्र सिमित भएको दावीसहित संघलाई यो सांघुरो घेराबाट बाहिर ल्याएर सबै राज्यमा बस्ने नेपालीको साझा संस्था बनाउन उपाध्यक्षको उम्मेदवारी दिन लागेको बताए ।
नेपाली नागरिकता मुद्दाको निरन्तरता, भूपू गोर्खा र विद्यार्थीका समस्या समाधान एवं नेपालको आर्थिक समृद्धिमा एनआरएनए यूकेको सहभागिता उनका प्रतिवद्धता छन् । स्कटल्याण्डको एडिनबरामा सन् २०१३ देखि नेपलिज कम्युनिटी सेन्टर (हिमालय सेन्टर) बनाउन शुरु गरिएको जनाउंदै खनालले त्यसलाई पूर्णता दिन एनआरएनए यूकेमार्फत पहल गर्ने समेत बताएका छन् ।
करिब डेढ लाख नेपाली बेलायतमा रहेको बताइएपनि एनआरएनए यूकेमा ४ हजार पनि सदस्य नहुंदा यसले थोरै मात्र नेपालीलाई समेटेको स्पष्ट भएको उनको बुझाइ छ ।
नेपाल स्कटल्याण्ड एसोसिएसनका संस्थापक खनाल हिमालयन सेन्टर (नेपलिज कम्युनिटी सेन्टर) का ट्रष्टी र व्यवसायी हुन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया