लण्डन । बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ ।
बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भन्नुभएको छ, ‘उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।’
अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर अघि बढ्ने उहाँले बताउनुभयो ।
‘हामी संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साभेदार राष्ट्रसँग सङ्कटको कुटनैतिक समाधानमार्फत् अन्त्य गर्न हामीहरू लागिपरेका छौँ’, जोनसनले भन्नुभएको छ ।
क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट् गर्दै अमेरिकी भूमी गुवाम सुरक्षित रहेको बताउनुभएको थियो । ट्रम्पले अमेरिकी सैनिक बल आफ्नो प्यासिफिक टापूमा हुनसक्ने उत्तर कोरियाली सम्भावित आक्रमणबाट सुरक्षाका लागि ‘तयार भई’ बसेको बताउनुभएको थियो ।
उत्तर कोरियाले आफ्ना ब्यालेस्टिक क्षेप्यास्त्रलाई जापानको पर्यटकीय क्षेत्रमाथि पनि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । प्योङयाङ र वासिङटनबीच भनाभन चलिरहेका वेला मस्कोले उनीहरूको गतिविधिले आफूलाई निकै चिन्तित बनाएको मस्कोले बताएको छ।
रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोभले युद्धको सम्भावनालाई ‘अति उच्च’ भन्दै संकटको समाधान गर्ने रसिया र चीनको संयुक्त योजना अघि सार्नुभएको छ ।
केही दिन अघि अर्थात् यसै हप्ता ट्रम्पले प्योङयाङमाथि ‘आगो र आक्रोश बर्साउने’ धम्की दिनुभएको थियो ।
तर आफू वार्ताका लागि सधैं तयार रहेको पनि उहाँले बताउनुभएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संकटको शान्तिपूर्ण समाधान खोज्ने भन्दै तनाव घटाउने प्रयास गरेको केही घण्टाभित्रै ट्रम्पले अर्को धम्की दिनुभएको थियो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई शब्दको आडम्बरतालाई हटाउन भन्दै त्यस्ता अभिव्यक्तिले अवस्थालाई थप उत्तेजित बनाउने बताउनु भएको थियो । त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘तनावको वृद्धि’ भएको भन्दै चेतावनी दिनुभएको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]