
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहित सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच बालुवाटारमा शुक्रबार छलफल हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २७ साउन । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको छलफल सकारात्मक भएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) र राजपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
“आजको वार्ता निर्णायक भएको छ, शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेहरूको क्षतिपूर्ति, स्थानीय तहको संख्या वृद्धिलगायत सरकारले पूरा गर्ने विषय लगभग टुंगिएको छ, अब सबैभन्दा महत्वपूर्ण संविधान संशोधन गर्ने विषय पनि यथासक्य अगाडि बढाउने र पारित गर्नेबारे सहमति भएको भएको छ”, राजपाका नेता शरतसिंह भण्डारीले भन्नुभयो ।
नेता भण्डारीका अनुसार संविधान संशोधन विधेयक जतिसक्दो चाँडो संसद्मा पेश गर्ने र संसद्बाट पास गर्न सक्दो प्रयास गर्ने तयारी भइरहेको छ ।
“छलफल राम्रै भएको छ, संविधान संशोधनको विषयलाई मतदान गरी पारित गराउनका लागि प्रक्रिया अगाडि बढाउनेतर्फ सहमत भएको छ, प्रधानमन्त्री भारत भ्रमणमा जानुभन्दा पहिले नै प्रक्रिया अगाडि बढाउने कुरा भएको छ”, नेता निधिले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र नेताहरू राजेन्द्र महतो, राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]