प्रा. सुवेदीले च्यारिटीका लागि एकसय ३५ किमी पदयात्रा गर्ने

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) ले च्यारिटीका लागि एकसय ३५ किमी पदयात्रा गर्ने भएका छन् । सम्भवतः नेपालमा परोपकारी काम गर्ने बेलायतको सबैभन्दा पुरानो संस्था ‘ब्रिटेन नेपाल मेडिकल ट्रष्ट’ को ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा सो संस्थाले नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सुवेदीले पदयात्रा गर्ने भएका हुन् ।
सो 
संस्थाका सहअध्यक्ष सुवदीले
 इंगल्याण्ड र स्कटल्याण्डको सिमामा पर्ने झण्डै बेलायतको पूर्वी तटबाट पश्चिमी तटसम्म फैलिएको रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउ देखि वल्लो छेउसम्मको एकसय ३५ किमीको दुरीको पैदलयात्रा आफ्ना सहयोगी मित्रहरु डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्ट समेतको संलग्नतामा अर्को हप्ता गर्नेछन् । प्रा. सुवेदीको उक्त अभियान र उक्त संस्थाले नेपालमा गरेको काममा सहयोग गर्न इच्छुक व्यक्तिहरुले सो संस्थाको निम्नानुसारको वेवसाइटमा गइ चन्दा दिन सक्नेछन् ।
संस्थाको वेवसाइट यसप्रकार छः
आफ्नो हैसियत अनुसार ठूलो सानो रकम सहयोग गर्ने प्रति आफू र आफ्नो संस्था आभारी रहने प्रा. सुवेदीले बताए । स्मरणीय छ, दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पपछि सहयोग गर्न प्रा. सुवेदीले आफैंले ५ लाख रुपैयां चन्दा दिएका थिए भने सो संस्थाले भूकम्प पीडितका लागि गरेको कार्यमा सहयोग पुरयाउन उक्त संस्थाले आयोजना गरेको बेलायतको दक्षिणी तटको एकसय किमीको शुरु देखि अन्त्यसम्म नरोकिइ भएको अहोरात्रको पदयात्रा गरेका थिए ।
सो संस्थाका अर्का सहअध्यक्ष डा. जिलियन होल्सवर्थ हुन्, त्यसको बेलायती अफिस केन्टमा छ र काठमाण्डौंमा मुख्य कार्यालय छ । अहिले सो संस्थाले नेपालका झण्डै ४५ जिल्लामा विभिन्न स्वास्थ्य सेवाको काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री