
लन्डन । अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान बेलायतले बेलायत भ्रमणका क्रममा साहित्यकार भिष्म उप्रेतीसंग एक साहित्यिक साक्षात्कार गरेको छ । बिहीबार लन्डनमा आयोजित उक्त कार्यक्रममा नेपाल र डायस्पोरामा नेपाली साहित्यको अवस्थाबारे चर्चा गरियो ।
उक्त अवसरमा साहित्य लेखनबारे आफ्नो धारणा राख्दै साहित्यकार उप्रेतीले नेपालमा अनुवाद साहित्यका अप्ठेरो पक्ष केलाए । उनले साहित्य साधनाका क्रममा श्रष्ठाहरु सामान्य मानिस भन्दा अलग हुने बताए ।
लामो समय देखि सिर्जनामा तल्लीन उप्रेतीको कविता, निबन्ध र नियात्रा गरि १७ वटा किताब प्रकाशित भइसकेका छन् । उनका रचना अंग्रेजी, हिन्दी, जापानी, कोरियाली आदि भाषामा अनुवाद भएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले नेपाल तथा डायस्पोराका साहित्यकारबीच सम्बन्ध अरु घनीभूत हुनुपर्ने औंल्याए । प्रतिष्ठानकी महासचिव जया राई, कोषाध्यक्ष गोपी सापकोटा, होम परिवाग, कवि तथा पत्रकार नारायण गाउंले, नवीन पोखरेल र श्याम लुईंटेलले नेपाली साहित्य तथा बेलायतमा नेपाली पत्रकारिताको अवस्थाबारे आ आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा कविता तथा गजल समेत वाचन गरिएको थियो ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार