
लन्डन । अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान बेलायतले बेलायत भ्रमणका क्रममा साहित्यकार भिष्म उप्रेतीसंग एक साहित्यिक साक्षात्कार गरेको छ । बिहीबार लन्डनमा आयोजित उक्त कार्यक्रममा नेपाल र डायस्पोरामा नेपाली साहित्यको अवस्थाबारे चर्चा गरियो ।
उक्त अवसरमा साहित्य लेखनबारे आफ्नो धारणा राख्दै साहित्यकार उप्रेतीले नेपालमा अनुवाद साहित्यका अप्ठेरो पक्ष केलाए । उनले साहित्य साधनाका क्रममा श्रष्ठाहरु सामान्य मानिस भन्दा अलग हुने बताए ।
लामो समय देखि सिर्जनामा तल्लीन उप्रेतीको कविता, निबन्ध र नियात्रा गरि १७ वटा किताब प्रकाशित भइसकेका छन् । उनका रचना अंग्रेजी, हिन्दी, जापानी, कोरियाली आदि भाषामा अनुवाद भएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले नेपाल तथा डायस्पोराका साहित्यकारबीच सम्बन्ध अरु घनीभूत हुनुपर्ने औंल्याए । प्रतिष्ठानकी महासचिव जया राई, कोषाध्यक्ष गोपी सापकोटा, होम परिवाग, कवि तथा पत्रकार नारायण गाउंले, नवीन पोखरेल र श्याम लुईंटेलले नेपाली साहित्य तथा बेलायतमा नेपाली पत्रकारिताको अवस्थाबारे आ आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा कविता तथा गजल समेत वाचन गरिएको थियो ।
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]