
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्रो उच्च वार्षिक सङ्ख्या हो ।
यो सङ्ख्या सन् २०२४ को तुलनामा १३ प्रतिशत बढी हो, तर सन् २०२२ मा रेकर्ड गरिएको करिब ४६ हजारको उच्चतम स्तरभन्दा ९ प्रतिशत कम हो । सन् २०२५ मा च्यानल पार गर्ने प्रयास गर्दा कम्तीमा १७ जनाले आफ्नो जीवन गुमाएका छन् । फ्रान्स र बेलायतका अधिकारीहरूको जानकारी अनुसार बेलायती सञ्चारमाध्यमहरूले उक्त रिपोर्ट गरेका छन् ।
यसैबीच, बेलायतको गृह मन्त्रालयले नोभेम्बरमा देशको शरणार्थी प्रणालीमा व्यापक सुधार गरेको घोषणा गरेको थियो । नयाँ नियमअनुसार शरणार्थीलाई स्थायी बसोबासको लागि आवेदन दिन २० वर्ष कुर्नु पर्ने व्यवस्था गरिएको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान