
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्रो उच्च वार्षिक सङ्ख्या हो ।
यो सङ्ख्या सन् २०२४ को तुलनामा १३ प्रतिशत बढी हो, तर सन् २०२२ मा रेकर्ड गरिएको करिब ४६ हजारको उच्चतम स्तरभन्दा ९ प्रतिशत कम हो । सन् २०२५ मा च्यानल पार गर्ने प्रयास गर्दा कम्तीमा १७ जनाले आफ्नो जीवन गुमाएका छन् । फ्रान्स र बेलायतका अधिकारीहरूको जानकारी अनुसार बेलायती सञ्चारमाध्यमहरूले उक्त रिपोर्ट गरेका छन् ।
यसैबीच, बेलायतको गृह मन्त्रालयले नोभेम्बरमा देशको शरणार्थी प्रणालीमा व्यापक सुधार गरेको घोषणा गरेको थियो । नयाँ नियमअनुसार शरणार्थीलाई स्थायी बसोबासको लागि आवेदन दिन २० वर्ष कुर्नु पर्ने व्यवस्था गरिएको छ ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण