
लण्डन । बेलायतका लगानीकर्ताहरूको नेतृत्वमा स्थापित सोलार फार्म नेपालले आफ्ना शेयरधनीहरूलाई यसवर्ष ४ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीको आज पोखरास्थित आक्वा पार्क रिसोर्टमा भएको वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । साथै सो लाभांशवापत शेयरधनीले तिर्नुपर्ने शून्य दशमलव दुई प्रतिशत कर पनि कम्पनीले नै तिरिदिने बताइएको छ ।
कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको सो साधारणसभामा प्रमुख कार्यकारी निर्देशक एलएन पाण्डेले कम्पनीको लेखापरीक्षकबाट प्राप्त प्रतिवेदनको सारांश पेश गरेका थिए भने अध्यक्ष गुरुङले कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको थियो ।
सो अवसरमा पाण्डेले कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको बताए । विगतमा पृथ्वी राजमार्ग निर्माणका कारण उत्पादित उर्जा बिक्रीमा केही अवरोध भएको र हाल बाटो निर्माण करिब सम्पन्न भइसकेकाले आगामी वर्षमा आम्दानी अझ बढ्ने उनले आँकलन गरे ।
साधारणसभामा सिइओ पाण्डे, निर्देशक विद्यावारिधि सिग्देलले शेयरधनीका विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए ।
हाल तनहुँको बेलचौतारामा ५ मेगावाटको सौर्यउर्जा परियोजना सन्चालन गरिररहेको सोलार फार्म नेपालले रुपन्देही र कपिलवस्तुमा थप ९० मेगावाटको सौर्यउर्जा परियोजना सन्चालन गर्ने अनुमति पाइसकेको छ ।
सोलार फार्म नेपालले आफ्नो शेयर सर्वसाधारणलाई बिक्री गर्न आइपिओ निस्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पनि आवेदन दिइसकेको छ।
कम्पनीले गतवर्ष पनि नगद लाभांश वितरण गरेको थियो।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस