
हङकङ । नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन भएको छ ।
हङकङस्थित हेभन एन्ड होप अस्पतालमा थापा मगरको शनिबार बिहान निधन भएको हो । क्यान्सरबाट पीडित थापाको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
थापा मगरले सन् १९६४ मा जापानको टोकियोमा आयोजित १८ औं ओलम्पिक प्रतियोगिताको ५१ केजी तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । जीवित इतिहासका रूपमा चिनिने उहाँ नेपाली बक्सिङ समुदायका लागि प्रेरणादायी व्यक्तित्व मानिनुहुन्थ्यो ।
नेपाल बक्सिङ महासंघले थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । महासंघका अध्यक्ष राम अवालेले थापाको निधनले नेपाली खेल क्षेत्रले एक महत्वपूर्ण आधारस्तम्भ गुमाएको बताउनुभयो । ‘नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन थापाको निधन सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि ठूलो क्षति हो । उहाँले बक्सिङ खेलप्रति देखाउनुभएको लगानी, समर्पण र योगदानलाई हामी सदैव सम्झिरहनेछौँ,’ अध्यक्ष अवालेले भन्नुभयो ।
स्वर्गीय थापाका श्रीमती, एक छोरा र चार छोरी रहेका छन् ।
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन