
हङकङ । नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन भएको छ ।
हङकङस्थित हेभन एन्ड होप अस्पतालमा थापा मगरको शनिबार बिहान निधन भएको हो । क्यान्सरबाट पीडित थापाको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
थापा मगरले सन् १९६४ मा जापानको टोकियोमा आयोजित १८ औं ओलम्पिक प्रतियोगिताको ५१ केजी तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । जीवित इतिहासका रूपमा चिनिने उहाँ नेपाली बक्सिङ समुदायका लागि प्रेरणादायी व्यक्तित्व मानिनुहुन्थ्यो ।
नेपाल बक्सिङ महासंघले थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । महासंघका अध्यक्ष राम अवालेले थापाको निधनले नेपाली खेल क्षेत्रले एक महत्वपूर्ण आधारस्तम्भ गुमाएको बताउनुभयो । ‘नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन थापाको निधन सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि ठूलो क्षति हो । उहाँले बक्सिङ खेलप्रति देखाउनुभएको लगानी, समर्पण र योगदानलाई हामी सदैव सम्झिरहनेछौँ,’ अध्यक्ष अवालेले भन्नुभयो ।
स्वर्गीय थापाका श्रीमती, एक छोरा र चार छोरी रहेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?