
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कटल्यान्डमा बसेको कार्यसमितिको पूर्ण बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सोमबार बसेको बैठकले संरक्षकसहित सल्लाहकार, कोअप सदस्यहरु नियुक्ति, नव युवा विभाग गठन, सदस्यता आह्वानलगायत निर्णय गरेको हो ।
यी हुन् बैठकका निर्णयहरु
– संरक्षकमा चिरञ्जीवी ढकाल नियुक्त
– सल्लाहकारहरुमा इन्जिनियर तुल्सी फुयाल, एकेन्द्र गुरुङ, कुसाङ गुरुङ, मिन गुरुङ, माधवलाल श्रेष्ठ, लक्ष्मी केसी, रोमनाथ पाण्डे, दिनेश घिमिरे, सुशीला राई, रामचन्द्र पोखरेल, ह्यारी गुरुङ, विनोद पुरी, राजु आचार्य, रामप्रसाद न्यौपाने, डा. मुकुन्द बास्तोला र मेजर इन्द्रप्रसाद राई, डा. प्रमोद कोई राई, रामप्रसाद बगाले, मोती खरेल, विष्णु बलाल मगर, सुरेश गौतम, श्रीमती प्रकृति थापा प्याकुरेल, डा. केशव भट्टराई, मनिष खत्री, शशी कार्की, डा. बिना घिमिरे, शिव पराजुली, परशुराम पाण्डे, यज्ञ क्षेत्री, गणेश गुरुङ र जुमकाजी गुरुङ मनोनीत
– कोअप सदस्यमा हरि गुरुङ, गौतम राई, पद्म गोले र रिता कार्की गौतममा मनोनीत
– एनआरएनए आईसीसीको निर्देशनअनुसार नयाँ सदस्यता आह्वान भएकाले एमआइएस प्रणालीमार्फत सदस्य बन्न आग्रह । १० पाउण्ड तिरेर सदस्य भएपछि आगामी फेब्रुअरीमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा डेलिगेट्सका लागि प्रतिस्पर्धा गर्न पाइनेछ ।
– उपाध्यक्ष कृष्ण भण्डारी संयोजक र उपसंयोजकमा विदुर खत्री रहेको विधान संशोधन उपसमिति गठन
– कार्यसमितिले आगामी मार्चमा तीनवटै राज्य समन्वय परिषद्मा च्यारिटी कार्यक्रमलाई अघि बढाउने
– कार्यसमितिले आपतमा परेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न अलाएन्स ग्रुप बनाउने
– दृष्य ढकाल र मनिषा कँडेललाई जिम्मेवारीसहित बेलायतमा जन्मिएका र हुर्किएका नव युवाहरुलाई समेट्न नव युवा विभाग गठन
– सचिव कृष्ण देवकोटा संयोजक रहेको सांस्कृतिक विभागमा लक्ष्मी देवकोटा (स्कटल्यान्ड) र छम रेग्मी (नर्दन आयरल्यान्ड) लाई थप गरिएको
– अध्यक्ष कृष्ण भण्डारी संयोजक रहेको नागरिकता विभागमा यज्ञमूर्ति ढकाललाई थपिएको
– रामप्रसाद कँडेल संयोजक रहेको पर्यटन विभागमा तारानाथ भण्डारी र सुजन गौतम
– विद्यार्थी विभागमा राजेश भट्ट र जेम्स पल
– महिला विभागमा महिमा बराल
– भाषा, साहित्य र संस्कृति विभागमा विजय डंगोल
– सूचना तथा सञ्चार विभागमा अन्जु न्यौपाने (नीलसागर)
– आइटी विभागमा थरिन्द्र घिमिरे (किरण)
– युवा विभागमा रविन पाण्डेलाई थप गरिएको
एनआरएनए यूकेको सहभागितामा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना साँझ कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा गायक सन्दिप न्यौपाने लगायत कलाकारहरुले रोचक प्रस्तुति दिनुभएको थियो ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?