म्याड्रिड (स्पेन), २१ साउन । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै ‘आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको’ बताउनुभएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।
रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उहाँमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।
रोनाल्डोले बेलायती भर्जिज आइलेण्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आउनुभएको छ ।
स्पेनमा उच्च तहका सवै फुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गर्नुभएको छ ।
उहाँले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भऐ अदालतमा हाँजिर गराइने थिएन भनी अदालतमा समेत जनाएको स्पेनी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चार पटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेख्नुभएको छ, ‘मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् ।’
स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका एक विज्ञल भनका छन् , ‘यदि यो मुद्दामा रोनाल्डो दोषी ठहरिएमा उहाँले कम्तिमा दुई करोड असीलाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाँए हुनेछ ।’
रियलका प्रशिक्षक जिनेदिन जिदानले जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डो दिएको बिदापछि शनिबार मात्र स्पेनमा प्रशिक्षणमा फिर्ता हुनुभएको छ । उहाँलाई आराम गर्न बिदा दिइएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा