लन्डन । बेलायतमा आगामी वर्षदेखि गाडी चलाउंदै मिल्ने (ड्राइभ थ्रू) बैंकिङ प्रणाली विकास हुने भएको छ । बेलायतका मुख्य बैंकहरुले आफ्ना स्थानीय शाखामा आधुनिक प्रविधिको भिडियोद्वारा जानकारी दिने प्रणाली शुरु गर्न लागेका हुन् । यस प्रविधिमार्फत गाडीमा आरामले बसेर बैंक खाता खोल्ने, ओभरड्राफ्ट अनुरोध र मोर्गेज दरखास्त दिन सकिनेछ ।
वित्तीय प्रविधि कम्पनी एनडीआरले आफूसंग बेलायतका ठूला बैंकहरुले सन् २०१८ को शुरु देखि बैंक इन बक्स (एटिएम मेसिन) का साथै गाडी चलाउंदै बैंक शाखामा जानसक्ने प्रविधि जडान गर्न लागेको बताएको छ । बैंक इन बक्स १९ इन्चको ट्याब्लेट आकारको हुनेछ र यसमा ग्राहकले आफ्नो कार्ड स्वाइप गर्न वा भित्र हाल्न सक्नेछन् । धेरै व्यस्त शहर जस्तै फ्रान्स, जर्मनी तथा अमेरिकामा बैंकिङ ड्राइभ थ्रू प्रविधि सुरुवात भइसकेको छ । एनसीआरले आफ्नो अनुसन्धानमा बैंक शाखामा हुने ८० प्रतिशत कारोबार भिडियो टेलर मेसिनबाट हुन सक्ने बताएको छ । नयां प्रविधिले ग्राहकलाई बैंक शाखाले जत्तिकै सेवा प्रदान गर्ने तथा बैंक सञ्चालन खर्च पनि निकै कम हुने विश्वास गरिएको छ ।
यस प्रविधिको विकाससंगै हाल रहेका एटिएम मेसिनको कार्यक्षमता निकै बढ्ने तथा स्मार्ट फोनको प्रयोगमा पनि वृद्धि भइ नगद झिक्न एटिएम मेसिन प्रयोग अरु बढ्ने विश्वास लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यको छ । पश्चिमी समाजमा नगद कारोबारमा उल्लेख्य गिरावट भइरहेकाले एटिएम मेसिनको भविष्य अहिलेको भन्दा परिमार्जित हुनसक्ने आचार्य बताउंछन् । बेलायतमा आधुनिक बैंकिङ विकास भएको केहि समय बितेपनि गोपनीयता तथा नियम कानुनको अभावले ड्राइभ थ्रू बैंकिङ प्रणाली नभएको बताउंदै आचार्यले ग्राहकको चाहना अनुरुप एटिएम मेसिनको भविष्य यकिन हुने धारणा राखे ।
प्रविधि विकासका कारण बैंकले आफ्ना शाखाहरु बेलायतभित्र बन्द गर्ने क्रम तीव्र पारेका छन् । बेलायतमा गत दुई वर्षमा एक हजार ४६ वटा बैंक शाखा बन्द भइसकेका छन् ।
बेलायतमा बैंकिङ प्रविधिको विकास सन् १९६० बाट शुरु हुन थालेको हो । सन् १९६७, २७ जुनमा उत्तरी लन्डनको इनफिल्ड भन्ने ठाउंमा बार्कलेज बैंकमा राखिएको एटिएम (अटोमेटिक टेलर मेसिन) पहिलो मानिन्छ । बेलायतमा कम्प्युटरले चल्ने पहिलो एटिएम मेसिन सन् १९७२ मा लोयड्स बैंकले शुरुवात गरेको थियो ।
सन् २०१६ मा बेलायतको एटिएम मेसिनबाट १७५ अर्ब पाउन्ड नगद निकालिएको थियो । यस मेसिनले ५० वर्षको इतिहासमा धेरै फड्को मारेको छ । बेलायतमा मात्रै करिब ७० हजार नगद झिक्ने यस्ता मेसिन छन् भने संसारभर करिब तीस लाख रहेको बताइन्छ । सन् २०२० सम्ममा विश्वमा एटिएम संख्या ४० लाख पुग्ने अनुमान गरिएको छ । एक तथ्यांक अनुसार प्रत्येक तीन मिनेटमा संसारमा नयां एटिएम मेसिन स्थापना हुन्छ । पिन नम्बरको सट्टा जापान र ब्राजिलमा औंठाछाप प्रयोग गरिन्छ ।
अहिले बेलायतमा औसत दैनिक २५ लाख पाउन्ड नगद झिकिन्छ । दुबई तथा आबुधाबीमा भने सुनको बार तथा सुनको सिक्का समेत एटिएम मेसिनले दिने गर्दछ । संसारको सबैभन्दा उचाइमा रहेको एटिएम मेसिन पाकिस्तानको खुन्जेराब पासलाई मानिन्छ, जुन १९ हजार ३९७ फिटमा अवस्थित छ ।
संसारमै शक्तिशाली रहेको बेलायतको वित्तीय क्षेत्र आधुनिक समय अनुरुप प्रविधि पछ्याउंदै अगाडि बढेको छ । इकान्तिपुर
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा