काठमाडौँ, ३० असार । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेनले आज बिदाइ भेट गर्नुभएको छ ।
आफ्नो चारवर्षीय कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएका नर्वेका राजदूत पिटर्सेनसँगको भेटमा उपराष्ट्रपति पुनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा नर्वेको ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले राजदूत पिटर्सेनको कार्यकालमा नेपाल–नर्वे सम्बन्ध थप सुदृढ भएको बताउनुुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
भेटमा उपराष्ट्रपतिले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हासिल गर्ने बताउनुभयो । उहाँले सबै चरणको निर्वाचनपछि नेपाल समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
उपराष्ट्रपतिसँगको बिदाइ भेटमा नर्वेका राजदूतले नेपालले हासिल गरेको राजनीतिक स्थायित्वको प्रशंसा गर्दै नेपाल पदयात्राका लागि स्वर्ग भएको आफूले अनुभूति गरेको बताउनुभयो ।
नेपाल शान्ति प्रक्रियाका लागि विश्वकै नयाँ उदाहरण भएको उल्लेख गर्दै उहाँले नेपालले नोबल शान्ति पुरस्कार पाउनुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले नेपाली ढाका टोपी लगाई दिएर नर्वेका राजदूतलाई बिदाइ गर्नुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते