
अष्ट्रेलिया । पछिल्लो समय प्रवासमा रहेर पनि नेपाली गीत संगीत एवं भिडियो निर्माण गर्नेहरुको बाहुल्यता बढेको छ । त्यसैलाई
निरन्तरता दिंदै अस्ट्रेलिया निवासी टिएम (शोभा) केसीले ‘साइमन’ एल्बममा समावेश ‘एक नजरको माया’… गीतमा म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
युवायुवतीहरुलाई लक्षित गरेर ब्रिसवेनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो रिक सुवेदी र पुकार सिंहले निर्देशन गरेका हुन् । भिडियोमा टिएम केसी लगायत मनिष बिजुक्क्षे, अनु श्रेष्ठ र आष्मा श्रेष्ठको अभिनय छ ।
सानै उमेरदेखि गीत संगीतमा रुची राख्ने टिएम कक्षा ६ मा पढ्दा नै ‘अनन्त यात्रा’ एल्बममा ‘हामी साना भए पनि देशको माया लाग्छ’ बोलको बाल गीत गाएर सबैको मन जित्न सफल भएकी थिइन् । केसीले रेडियो नेपाल, राष्ट्रिय नाचघरमा समेत आफ्नो प्रस्तुति दिएकी थिइन् ।
प्राइभेट केयररको रुपमा कार्यरत टिएमले अस्ट्रेलियामा निर्माण गरेको यो दशौं भिडियो हो भने तेस्रो भिडियो ‘जित्दा जित्दै’ छिट्टै रिलिज गर्ने तयारी छ ।
म्यूजिक भिडियो हेर्नुहोस्ः
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त