काठमाडौं, असार १५ । लोक-रक ब्याण्ड ‘नेपथ्य’ ले यस वर्ष फेरि श्रृंखलावद्ध प्रस्तुति लिएर अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ । त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुको रोजाइमा प्राथमिकताका साथ परेपछि केहि वर्षयता नेपथ्यले लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दै आएको छ ।
अठारौं शताब्दीमा मात्र पत्ता लागेको प्रशान्त महासागरस्थित एउटा विशाल टापु नै आजको समृद्ध अष्ट्रेलिया हो । केहि दसकयता यो मुलुक नेपालका विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तब्यका रुपमा अगाडि देखापर्दै आएको छ । नेपाली संगीतको आस्वादलाई आफूसँगै बोकेर गएका तिनै विद्यार्थीहरुको चाहनालाई ध्यानमा राखेर नेपथ्यले पनि अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदैआएको छ ।
पछिल्लो समय दक्ष जनशक्तिका रुपमा बसाइँ सरेर अष्ट्रेलियामै स्थायी बसोबास रोज्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने भिक्टोरियाको मेलबोर्न सहरमा हुनेछ । त्यहाँस्थित यती एफसीको आयोजनामा जुलाइ ८ तारिखका दिन नेपाली लोक-रकको चिरपरिचित स्वर नेपथ्यले गुञ्जाउने छ । उक्त सहरस्थित प्लानेट सेकर्सको हलमा त्यस दिन कन्सर्ट तय गरिएको छ ।
मेलबोर्नपछि भने नेपथ्यले एडिलेड सहरतर्फको यात्रा गर्नेछ । ‘थ्री केजी इन्टरटेनमेन्ट’ को आयोजनामा त्यहाँ जुलाइ १५ तारिखका दिन नेपथ्यका गीतहरु सुनाइने छन् । उक्त सहरको नरउड कन्सर्ट हलमा कार्यक्रम आयोजना हुनेछ । त्यसपछि भने नेपथ्य पृथ्वीको दक्षिणी गोलार्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीमा पुग्नेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले जुलाइ २२ तारिखको दिन आफूलाई प्रस्तुत गर्नेछ । सँधैझैँ नेपथ्यको पुरानो मित्र ‘म्याग्दी ओभरसिज’ले आयोजना गर्ने यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा आयोजना हुनेछ । नेपथ्यले यसअघि पनि उक्त हलमा आफुलाई प्रस्तुत गरिसकेको छ ।
‘केहि वर्षअघि सिड्नीको टाउनहलमा नेपथ्यले गरेको भब्य कन्सर्टका बेला सम्पूर्ण टिकट विक्री भएको थियो त्यसयता हामीले अझ ठूलो स्थानमा कार्यक्रम राखेका छौं’, सिड्नीस्थित आयोजक हरि राम्जाली भन्छन्, ‘सिड्नीको विख्यात लुनापार्कस्थित बिग टप अडिटोरियम प्रतिष्ठित आयोजनास्थल हो जसको २८ सय क्षमताका सबै टिकट विक्री हुनेमा हामी ढुक्क छौं ।’ ‘श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामी अष्ट्रेलियाका हरेक प्रस्तुतीलाई अविस्मरणीय बनाउन चाहन्छौं ।’
संयोगले यो वर्ष नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष मनाइरहेको बेला पनि परेको छ । यस्तोमा आफ्नो घर परिवार र समाजभन्दा टाढा रहेका नेपालीहरुलाई स्वदेशको माया पस्कने जानकारी पनि अमृतले दिए । अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
अष्ट्रेलिया यात्रामा नेपथ्यसगैं ४ जना व्यवस्थापक र प्राबिधिक टोलीको पनि सहभागिता रहनेछ । जम्मा १० जनाको नेपथ्य समुह अष्ट्रेलियाको लागि यहि जुलाई ४ तारिखका दिन सिल्क एयरको विमानबाट प्रस्थान गर्नेछ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]