
नुवाकोटको ककनीस्थित भुलभुले झरनामा शनिबार क्यानोनिङ (छाँगावरोहण)मा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः अच्युत रेग्मी, रासस
ककनी (नुवाकोट), २८ जेठ । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ ।
प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै गएका हुन् । क्यानोनिङ विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको छ ।
नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा विगत तीन वर्षदेखि नेपालका विभिन्न झरनामा क्यानोनिङलाई महोत्सवकै रुपमा मनाउन थालेपछि स्वदेशी तथा विदेशी युवाको आकर्षण बढेको हो ।
धादिङ घर भई धादिङबेँसीमा शिक्षण पेसा गर्दै आउनुभएका ३५ वर्षीय केशवराज श्रेष्ठ सञ्चारमाध्यममा क्यानोनिङबारे पढेको आधारमा शनिबार धादिङबाट नुवाकोटको ककनीस्थित भुलभुले झरनामा सञ्चालन भइरहेको क्यानोनिङको मज्जा लिन आइपुग्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘रयाफ्टिङ, ट्रेकिङलगायत पर्यटकीय प्रवद्र्धन गर्ने खेल खेलेँ, क्यानोनिङ मेरो खेल्ने रहर थियो आजबाट त्यो पनि पूरा भयो ।’ सुरुमा डोरी समातेर तल झर्दा डर लाग्ने गरेको बताउने श्रेष्ठले आफूले हिम्मत नहारेका कारण यो खेल पूरा भएको बताउनुभयो ।
उहाँजस्तै काभ्रेपलाञ्चोक घर भई चावहिल बस्ने २६ वर्षीय प्रज्वला कर्माचार्यपनि क्यानोनिङको मज्जा लिनुभयो । उहाँले भन्नुभयो –“सुरुमा केही डरको महसुस भयो तर डोरी समातेर हाम्फालेपछि समय कटेको पत्तै पाइन ।” यो खेललाई अझै विकास गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
श्रेष्ठ र कर्माचार्य केवल प्रतिनिधि पात्रमात्र हुन् । दुई दिनमा उहाँहरु जस्ता १८० स्वदेशी तथा विदेशी पर्यटकले उक्त झरनामा क्यानोनिङको मज्जा लिएका छन् ।
नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा यही जेठ २६ र २७ मा भएको महोत्सवमा अष्ट्रेलिया, फ्रान्स र जापानका साथै स्वदेशी पर्यटकले क्यानोनिङको मज्जा लिनुभयो ।
एसोसियसनका अध्यक्ष राजेन्द्र लामाले नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढेको बताउनुहुन्छ ।
नुवाकोटको ककनीमा रहेको भुलभुले झरना करिब ५० मिटर अग्लो छ । होचा झरनामा नेपाली क्यानोनिङका लागि रुचाउने गर्छन् ।
क्यानोनिङ खेलको सुरुवातसङ्गै सुनसान रहेका गाउँमासमेत चहलपहल बढ्न थालेको छ । क्यानोनिङ महोत्सवले स्थानीय क्षेत्रमा उत्पादित सामाग्रीसमेत बिक्री वितरण भएको र स्थानीयवासीले रोजगार आर्जन गरेको स्थानीय मधुसुधन ढकाल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “आगामी वर्षदेखि अझ यो खेललाई व्यवस्थित बनाएर लानेछौँ ।” सन् २०१३ मा पहिलोपटक भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतिस्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।
ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष रामप्रसाद सापकोटाले देशको पर्यटकीय विकासका लागि क्यानोनिङ क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी याममा क्यानोनिङको महत्व झन् बढेर गएको छ ।”
एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवर्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र