द हेग (नेदरल्याण्ड), १७ जेठ । नेदरल्याण्डमा नयाँ गठबन्धन सरकार गठनका लागि नयाँ मध्यस्तकर्ता हेरमन जिङ्क विलिङ्कले पाँच पार्टीसँग छलफल सुरु गर्न लागेको बताउनुभएको छ ।
बुधबार द हेगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सकारात्मक परिणामको अपेक्षासहित उनीहरूसँग छलफल सुरु गर्न लागेको जानकारी दिनुभयो ।
विलिङ्कले राइटिस्ट लिबरलस् भीभीडी, क्रिश्चियन डेमोक्रेट सीडीए, अर्को सानो क्रिश्चियन पार्टी क्रिश्चिन युनि, ग्रिन लिङ्कस् र लिबरलस् डी ६६ का नेताहरूसँग भेट्ने तयारी गरेको बताउनुभयो ।
यसअघिका मध्यस्थकर्ता इडिथ स्चीपर्सले उनीहरूसँग छलफल गरेर आफ्नो पक्षमा बहुमत जुटाउन नसकेपछि विलिङ्कले छलफल गर्न लाग्नुभएको हो ।
गत सोमबार स्चीपर्सले आफ्नो पक्षमा बहुमत जुटाउन आफू असफल भएको भन्दै आफ्नो जिम्मेबारबाट पछाडि हट्नु भएको थियो ।
पूर्वमजदुर राजनीतिक नेता ७५ वर्षीय विलिङ्क अनुभवी नेता भएकाले उहाँले बहुमत जुटाउन सक्ने अपेक्षासहित उहाँलाई नयाँ मध्यस्तकर्ताको रूपमा अगाडि सारिएको बताइएको छ ।
‘एक आविष्कारक भएको नाताले अनुमान गर्ने मेरो काम होइन, देशको रिक्तता परिपूर्ती गर्ने मेरो जिम्मेबारी हो, हामीले हतार गर्नु हुँदैन, तर त्यसो भन्दैमा हामीले ढिलो गर्ने समय पनि छैन, समय गइसकेको छ’, विलिङ्कले पत्रकार सम्मेलनमा भन्नुभयो ।
नेदरल्याण्डमा भीभीडी पार्टीका नेता मार्क रुट्टे प्रधानमन्त्रीबाट बाहिरिएपछि नयाँ सरकार गठन हुन सकेको छैन ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?