द हेग (नेदरल्याण्ड), १७ जेठ । नेदरल्याण्डमा नयाँ गठबन्धन सरकार गठनका लागि नयाँ मध्यस्तकर्ता हेरमन जिङ्क विलिङ्कले पाँच पार्टीसँग छलफल सुरु गर्न लागेको बताउनुभएको छ ।
बुधबार द हेगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सकारात्मक परिणामको अपेक्षासहित उनीहरूसँग छलफल सुरु गर्न लागेको जानकारी दिनुभयो ।
विलिङ्कले राइटिस्ट लिबरलस् भीभीडी, क्रिश्चियन डेमोक्रेट सीडीए, अर्को सानो क्रिश्चियन पार्टी क्रिश्चिन युनि, ग्रिन लिङ्कस् र लिबरलस् डी ६६ का नेताहरूसँग भेट्ने तयारी गरेको बताउनुभयो ।
यसअघिका मध्यस्थकर्ता इडिथ स्चीपर्सले उनीहरूसँग छलफल गरेर आफ्नो पक्षमा बहुमत जुटाउन नसकेपछि विलिङ्कले छलफल गर्न लाग्नुभएको हो ।
गत सोमबार स्चीपर्सले आफ्नो पक्षमा बहुमत जुटाउन आफू असफल भएको भन्दै आफ्नो जिम्मेबारबाट पछाडि हट्नु भएको थियो ।
पूर्वमजदुर राजनीतिक नेता ७५ वर्षीय विलिङ्क अनुभवी नेता भएकाले उहाँले बहुमत जुटाउन सक्ने अपेक्षासहित उहाँलाई नयाँ मध्यस्तकर्ताको रूपमा अगाडि सारिएको बताइएको छ ।
‘एक आविष्कारक भएको नाताले अनुमान गर्ने मेरो काम होइन, देशको रिक्तता परिपूर्ती गर्ने मेरो जिम्मेबारी हो, हामीले हतार गर्नु हुँदैन, तर त्यसो भन्दैमा हामीले ढिलो गर्ने समय पनि छैन, समय गइसकेको छ’, विलिङ्कले पत्रकार सम्मेलनमा भन्नुभयो ।
नेदरल्याण्डमा भीभीडी पार्टीका नेता मार्क रुट्टे प्रधानमन्त्रीबाट बाहिरिएपछि नयाँ सरकार गठन हुन सकेको छैन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग