लन्डन । कन्सर्ट भइरहेका बेला बेलायतको म्यानचेस्टर एरिनामा सोमबार राती बिस्फोट हुंदा कम्तीमा १९ को मृत्यु भएको छ । घट्नामा ५० भन्दा बढि घाइते भएका प्रहरीलाई उधृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् । मृतक संख्या अरु बढ्ने ग्रेटर म्यानचेस्टर पुलिसले जनाएको छ ।
अमेरिकी पप गायिका आरियाना ग्रान्डीको कन्सर्ट समापनतिर घट्ना भएको हो । २१ हजार दर्शक क्षमताको उक्त एरिनामा युवा दर्शकको वाहुल्य थियो । प्रत्यक्षदर्शीले सोमबार ब्रिटिस समय राती १० बजेर ३५ मिनेट जांदा बिस्फोट भएको बताएका छन् ।
बिस्फोटपछि दर्शकहरुबीच भागदौड मच्चिएको थियो । टिभी च्यानल र सामाजिक सञ्जालतिर मानिसहरु त्रसित र चिच्याउंदै दौडिरहेको र प्रहरी एवं एम्बुलेन्स गाडीहरु कुंदिरहेको देखिएको छ ।
बिस्फोटको कारण स्पष्ट नभएपनि बेलायतको उत्तर पश्चिम प्रति आतंकवाद युनिटले सम्भावित आतंककारी घट्ना भन्दै
अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।
घट्नापछि कन्सर्ट स्थल नजिक रहेको म्यानचेस्टर भिक्टोरिया रेल स्टेशन बन्द गरिएको छ भने रेलसेवा रद्द भएका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार