लन्डन । कन्सर्ट भइरहेका बेला बेलायतको म्यानचेस्टर एरिनामा सोमबार राती बिस्फोट हुंदा कम्तीमा १९ को मृत्यु भएको छ । घट्नामा ५० भन्दा बढि घाइते भएका प्रहरीलाई उधृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् । मृतक संख्या अरु बढ्ने ग्रेटर म्यानचेस्टर पुलिसले जनाएको छ ।
अमेरिकी पप गायिका आरियाना ग्रान्डीको कन्सर्ट समापनतिर घट्ना भएको हो । २१ हजार दर्शक क्षमताको उक्त एरिनामा युवा दर्शकको वाहुल्य थियो । प्रत्यक्षदर्शीले सोमबार ब्रिटिस समय राती १० बजेर ३५ मिनेट जांदा बिस्फोट भएको बताएका छन् ।
बिस्फोटपछि दर्शकहरुबीच भागदौड मच्चिएको थियो । टिभी च्यानल र सामाजिक सञ्जालतिर मानिसहरु त्रसित र चिच्याउंदै दौडिरहेको र प्रहरी एवं एम्बुलेन्स गाडीहरु कुंदिरहेको देखिएको छ ।
बिस्फोटको कारण स्पष्ट नभएपनि बेलायतको उत्तर पश्चिम प्रति आतंकवाद युनिटले सम्भावित आतंककारी घट्ना भन्दै
अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।
घट्नापछि कन्सर्ट स्थल नजिक रहेको म्यानचेस्टर भिक्टोरिया रेल स्टेशन बन्द गरिएको छ भने रेलसेवा रद्द भएका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ