लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले आइतबार गरेको च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयां) सहयोग प्रतिवद्धता आएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित नेपलिज प्रेस नाइटमा नेपाली समुदायबाट स्वतस्फूर्त उक्त रकम प्रतिवद्धता आएको शाखा अध्यक्ष नरेश खपांगीमगरले जानकारी दिए । बेलायतस्थित नेपाली पत्रकार र नेपाली समुदायलाई आपत परेका बेला सहयोगका लागि आपतकालिन कोष स्थापना गर्न कार्यक्रम भएको हो । अध्यक्ष खपांगीमगरले संकलित रकम पारदर्शी हुने र सही सदुपयोग गर्न समुदाय एवं पत्रकारहरु सम्मिलित ५ सदस्यीय सञ्चालक समिति गठन गरिने बताए ।
झण्डै ६ सय सहभागी उक्त कार्यक्रम यस वर्षकै सर्वाधिक सफल ठानिएको छ । कार्यक्रमको सफलतालाई अधिकांशले पत्रकारहरुप्रति नेपाली समुदायको विश्वासका रुपमा हेरेका छन् । कार्यक्रममा बेलायतको नेपाली डायस्पोरा र सञ्चारकर्मीहरु सबै एकै ठाउं एकत्रित भएको यो सम्भवतः पहिलो हो ।
दुत पुन संयोजक रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम, ब्लाइन्ड रक्सकी सृष्टि केसी र लेबोर पार्टीका तर्फबाट बेलायतको संसदीय निर्वाचनका उम्मेदवार डा. बच्चु कैलाश कैनीले शुभकामना दिए ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास लन्डनद्वारा प्रकाशित तथा बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीद्वारा लिखित ४०० पृष्ठको ‘२०० इयर्स अफ नेपाल ब्रिटेन रिलेसन्स’ नामक अंग्रेजी पुस्तक समेत विमोचन गरिएको छ । पुस्तक विमोचन नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष खपांगीमगर, पूर्व अध्यक्षद्वय चिरन शर्मा र नवीन पोखरेल, पत्रकारहरु भगीरथ योगी, विश्वासदीप तिगेला, हरिकुमार गुरुङ र सोनाम शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।
साथै पत्रकार दुत पुनद्वारा लिखित कथा संग्रह ‘अर्ली भाइ’ समेत विमोचन गरियो । उक्त संग्रह राजदूत, अध्यक्ष खपांगीमगर र पत्रकार भगिरथ योगीले विमोचन गरेका थिए ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल, उपाध्यक्ष ध्रुवराज अर्याल र महासचिव लिलामान शेरपुन्जाले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे बोले ।
दोश्रो चरणमा गायक गायिकाहरु लाली बुढाथोकी, गिता पाइजा, शर्मिला बर्देवा, मधुसुदन थापा, सुजन पराजुली, दिव्यानी, क्याप्टेन (रि) बीरबहादुर थापा र चोक गुरुङले गाए भने सयपत्री कल्चरल ग्रुप र सुरक्षा रानाले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालन लिलामान शेरपुन्जा, रमेश सरांगकोटी र जानुका राईले सञ्चालन गरेका थिए भने साउण्ड सिस्टम हेम विष्टको थियो ।
सबै तस्विरः मिलन तमु
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]