
काठमाडौँ, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५५८ मतसहित पछ्याइरहनुभएको छ ।
त्यस्तै काठमाडाँै महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार ७३१ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापाले तीन हजार ९०८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकामा हालसम्म ३८ हजार १८५ मतगणना भएको छ ।
कानपा वडा २८ मा काँग्रेस विजयी
काठमाडौँ महानगरको वडा नम्बर २८ का वडा अध्यक्षमा भाइराम खड्की विजयी हुनुभएको छ । उहाँले एक हजार छ मत प्राप्त गर्नुभएको छ ।
खुला वडा सदस्यमा काँग्रेसकै गौतवराज बाहक र अर्का खुला सदस्यमा एमालेका देवेन्द्र खड्की विजयी हुनुभएको छ । महिला सदस्यमा काँग्रेसकी सुनिता तन्डुकार, दलित महिलामा ललिता कार्की थली विजयी हुनुभएको छ । यस वडामा दुई हजार ९७६ मत खसेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते