बेइजिङ (चीन), २ जेठ । भारतीय चलचित्र ‘दङ्गल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको बताइएको छ ।
यससँगै हिन्दी फिल्म दङ्गल चीनमा प्रदर्शन भएर अहिलेसम्मकै सबैभन्दा धेरै बजेट आर्जन गर्न सफल फिल्म बनेको छ ।
उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमा मात्रै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो ।
चीनको सेतेमा समालोचना गर्ने चिनियाँ वेबसाइट डौबानले दङ्गललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ ।
भारतीय अभिनेता अमिर खानद्वारा अभिनित एक संयोगान्त पिल्म ‘थ्री इडिएट्स’ ले पाएको प्रसिद्धिका कारण पनि खानको यो चलचित्रले चीनमा तहल्का मच्चाएको चिनियाँ सञ्चारमाध्यमहरुले दिएका छन् ।
एसियाका दुई विकासोन्मुख राष्ट्रहरु चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति गरिएको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्यका लागि हालैका वर्षमा सहमति जनाएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते