लन्डन । लन्डन फेसन हाउसले मिसेस नेपाल यूके २०१७ गर्ने भएको छ । बेलायतमा पहिलोपटक यस्तो प्रतियोगिता गर्न लागिएको हो । आगामी २ जुनमा लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा हुने अन्तिम प्रतियोगिताका लागि आइतबार पहिलो अडिसन भएको छ ।
आगामी २० मे सम्म आवेदन लिइने र उक्त दिन अन्तिम अडिसनपछि प्रतियोगीहरु फाइनल राउण्डका लागि भिड्ने संस्थाले जनाएको छ । लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले विवाहित महिलाहरुमा समेत सौन्दर्य हुने जनाउंदै उनीहरुको क्षमता प्रदर्शन एवं ‘सोसियल रिकग्निसन’ का लागि पहिलोपटक यस्तो प्रतियोगिता गर्न लागिएको जनाइन् । कम्तीमा डेढ दर्जन महिलाले प्रतियोगितामा भाग लिने विश्वास गरिएको छ ।
वीनरको टाइटलसहित मिसेस पर्सनालिटी, फोटो जेनिक, टयालेन्ट, पब्लिक च्वाइस आदि विद्यामा अवार्ड दिइने छ । विजेताका लागि सुनको गरगहना, पोशाक देखि अन्य विद्यागत अवसर समेत सृजना गरिने डंगोलले बताइन् । प्रतियोगितामा परिचय, टयालेन्ट राउण्ड र गाउन सेग्मेन्ट रहने छ ।
प्रतियोगिताका लागि मिस यूके नेपाल २०१६ टेनिसा राना, मेक अप आर्टिष्ट बिना राई, नर्स गंगा साम्पांग, सामाजिक अभियन्ता सिम्मी पुन, डिजे चांद लामा लगायतको आ आफ्नो विद्यामा प्रत्यक्ष भूमिका रहनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार शिवजी श्रेष्ठले बेलायतमा यस्तो अवसर पहिलो पटक भएको जनाउंदै विवाहित महिलाहरुलाई घर धन्दा र जागिरमा मात्र सिमित नभएर आफ्नो क्षमता अभिवृद्धिमा समेत लाग्न सुझाव दिए ।
संस्थाले यसअघि वालवालिकाबीच सौन्दर्य र गायन प्रतियोगिता गरिसकेको छ ।
तस्विरः एभरेष्ट गौतम
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान