हाउस्टन (संयुक्त राज्य अमेरिका), १२ वैशाख । फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना हुनुभएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसलाई अस्पतालमै निगरानीमा राखिएको छ ।
स्थानीय अस्पतालमा उहाँलाई निरन्तर निगरानीसहित उपचार भइरहेको सोमबार अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
अचानक अस्वस्थ भइ गत शुक्रबार उपचारार्थ भर्ना गरिनुभएका अमेरिकाका पूर्वराष्ट्रपति एवम् बयोवृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहनु भएको छ ।
विगत केही दिनदेखि हाउस्टन मेथोडिस्ट अस्पतालमा उपचार गराइरहनु भएका ९२ वर्षीय पूर्बराष्ट्रपति बुसलाई यसै हप्ताको अन्त्यसम्ममा उहाँको उपचारमा संलग्न चिकित्सकको टोलीले ‘डिस्चार्ज’ गर्ने अपेक्षा गरिएको छ । चिकित्सकले उहाँलाई निरन्तर विश्रमको आवश्यकता रहेको बताएका छन् ।
९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुरयाइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उहाँलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।
पछिल्लो पटक गत अप्रिल १४ तारिखका दिन अस्पतालमा भर्ना हुनुभएका पूर्वराष्ट्रपति बुस यस वर्ष सन् २०१७ मा मात्रै अहिले तेस्रो पटक अस्पताल भर्ना हुनुभएको हो ।
उहाँको स्वास्थ स्थितिको जानकारी लिन उहाँका पुत्र पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुग्नु भएको थियो ।
बयोवृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताएअनुसार उपचारपछि शारीरिक शिथिलतामा कमी आएको, आराम महसूस भइ फूर्ति बढ्नुका साथै उहाँको स्वास्थस्थितिमा क्रमिक सुधार भइरेहको छ ।
पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उहाँका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म दुई पटक गरी आठ वर्षसम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हाल्नु भएको थियो ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस