सिड्नी (अष्ट्रेलिया), ७ चैत । अष्ट्रेलियाको सिड्नीका विभिन्न रेल स्टेशनहरु अत्याधिक भिडभाडका कारण खतरापूर्ण बन्न थालेको एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेशनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकता अनुसार नभएको उल्लेख गरिएको छ ।
सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवतजावत बढी भएर मान्छेहरुको भिडभाड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अत्याधिक धेरै मान्छेहरुले रेलको प्रयोग गर्दछन्, अत्याधिक भिडभाडका कारण उनीहरु आफै आजित भएका छन् ।’ यसलाई कम गर्न अवदेखि नै धेरैकाम एकपछि अर्को गर्दै जानु पर्ने उहाँको भनाई छ ।
‘अत्याधिक भिडभाडको समस्याको सिधा समाधान भनेको अर्को रेलमार्ग बनाउनु हो, तर यो बनाउन धेरै समय र खर्च लाग्छ’, उहाँले भन्नुभयो ।
यात्रुहरु रेलमा चढ्ने, बस्ने, ओर्लिने, रेल कुर्ने आदी कार्यमा केही सुधार गर्न सकिने जस्तो देखिने उहाँले बताउनु भयो ।
अत्याधिक धेरै जनसङ्ख्या बढ्दै जानु र एउटै मान्छेले पनि पटक पटक रेल प्रयोग गरिरहनु पर्ने कारण पनि समस्या उत्पन्न भएको उहाँको भनाई छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन