काठमाडौँ, २० चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ ।
प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई घर बनाउन दिने रु तीन लाख अनुदानमध्ये पहिलो किस्तावापतको रु ५० हजार वितरण गर्न लागेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले सोमबार कास्कीको लुम्लेबाट अनुदान वितरण सुरु गर्नुहुने कार्यक्रम छ ।
कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका दुई हजार २३८ घरधुरीमध्ये लुम्लेमा १६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् । भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म ५८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ ।
बाँकी १७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणका सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताउनुभयो ।
सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सङ्कलन हुन सकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क सङ्कलन भइसकेका १५ हजार ७४३ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार वितरण गर्न स्वीकृति दिइसकेको छ । अब बस्ने कार्यकारी समिति बैठकले बाँकी लाभग्राहीको सूचीलाई अनुमोदन गर्नेछ ।
प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने प्रक्रिया पूरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्तासमेत लिइरहेका छन् ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय