लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले परिषदमा सन् १९९५ देखि स्थापना भएका सिर्जना र साहित्य सेवा तर्फका पुरस्कार घोषणा गरेको छ ।
परिषदको स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध रही बेलायतमा नेपाली भाषा, साहित्यको विकासमा उल्लेखनीय योगदान पुरयाए वापत सर्जकद्वय कवि हरिविभोर कार्की अल्डरसट र कवि ध्रुव केसी वेम्लीलाई २०१६ को एनएलडिसी गोल्ड मेडल दोस्रो पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
सम्मानपत्र सहित यो पुरस्कार पदक आधा तोला सुन (२४ क्यारेट) र पांच तोला चांदीमा बनेको छ । नगद लिन चाहे ५०- ५० हजार रुपैंया दिइनेछ । यस अघि २००९ मा साहित्यकार कवि घनबहादुर थापा मगरले उक्त पुरस्कार पाएका थिए ।
त्यसैगरी, सन् २०११ देखि परिषदमा कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र श्रीमति कोहिनुर श्रेष्ठ मल्लद्वारा आ आफ्ना बुबा आमाका नाममा स्थापित नेपाली साहित्य पुरस्कार २०१६ यस वर्ष मुल्यांकन समितिमा प्राप्त कृतिहरुमध्ये उत्कृष्ठ ठहर भएका कृतिहरु कविता विद्यातर्फ कवि तथा गीतकार घनबहादुर थापा मगरको ‘मेरो देश मेरो चिनो’ कविता संग्रहलाई प्रदान गरिएको छ । त्यस्तै कथा विद्यातर्फ कवि तथा कथाकार हरिसिंह थापाको ‘नम्रताको कार्डिगन’ कथा संग्रहलाई प्रदान गरिएको छ । यो पुरस्कारमा पांच तोला चांदी र स्वर्ण अक्षरमा बनेको पदक छ । नगद लिन चाहे २१- २१ हजार रुपैंया धन राशी दिइने छ ।
परिषदले तीन महिना अघि देखि कविता र कथा विद्या तर्फका २०१६ भरि प्रकाशित कृतिहरु पुरस्कार मुल्यांकनका लागि मागेको थियो । परिषदका उपाध्यक्ष पत्रकार वाचस्पति रेग्मीको संयोजकत्वमा रहेको कृति मुल्यांकन समितिले संकलित कविता र कथा विद्याका कृतिहरुको अलग अलग मुल्यांकन गरी नेपाली साहित्य पुरस्कारका लागि उत्कृष्ठ छनोट गरेको थियो । यो पुरस्कारबाट यसअघि २०१३ मा सुमलकुमार गुरुङ्, २०१४ मा अभिमन्यु बैराग र २०१५ मा पत्रकार नवीन पोखरेल पुरस्कृत भएका थिए ।
परिषदमा पुरस्कार सम्मान मुल्यांकन समिति र कृति मुल्यांकन पुरस्कार समिति गरी दुई उप समिति हरेक कार्यकारिणी समिति अन्तर्गत स्थायी रुपले रहने गरेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश