
आफ्नो रजत वर्षका अवसर पारेर नेपथ्यले नेपाली संगीतका क्षेत्रमा योगदान दिने हस्तीहरुप्रति पनि आफूलाई समर्पित गर्ने निधो गरेको छ । उहाँहरुको योगदान बिना नेपाली संगीत आजको अवस्थासम्म पक्कै आइपुग्दैन थियो । आधुनिक संगीतको विधामा यसरी योगदान दिनेहरुप्रति सम्मान स्वरुप नेपथ्यले नेपालयलाई पलेँटी श्रृंखला पुनः ब्यूताउन सहयोग गर्ने जमर्को गरेको छ । नेपाली संगीतको स्वर्णिम कालको उपासना र जागरण अभियान पलेँटीले चलाउँदै आएकोमा केहि वर्षयता बन्द अवस्थामा छ ।
यसैबीच नेपथ्यले आफ्नो रजत महोत्सव मनाउने निधो गरेकै बेला संयोगले उत्सवको सुरुवातै नेपथ्यको थलो पोखरामा पहिलो कन्सर्टबाट हुनथालेको छ । यसै चैत २६ गते (अप्रिल ८ तारिख) का दिन पोखरास्थित रंगशालामा नेपथ्य प्रस्तुत हुँदैछ ।
‘नेपथ्य जुन भूमिबाट आएको हो त्यसै भूमिमा उसको यस्तो महत्वपूर्ण आयोजना जुरेको छ,’ गायक अमृत भन्छन्, ‘यो सुखद् संयोग हो ।’
“तीन जना साथीहरु बाट सुरु भएको यो समुह, थप २० भन्दा बढि संगीतकर्मी साथीहरुको योगदान बाट यहाँ सम्म आईपुगेको हो । नेपथ्यलाई योगदान पुर्याउने सबैजना धन्यबादका पात्र हुनुहुन्छ,” गायक अमृत थप्छन् ।
रजत वर्षकै अवसरमा नेपथ्यको २५ वर्ष लामो यात्राका कथा ब्यथा समेटेको चिनारी पुस्तक पनि प्रकाशित गर्ने योजना ब्याण्डलाई व्यवस्थापन गर्दैआएको नेपालयले राखेको छ ।
‘नेपथ्यको जीवनी अमृत गुरुङले लेखिरहेका छन्,’ नेपालयका किरणकृष्ण श्रेष्ठले उजागर गर्दै भने, ‘केहि समयदेखि यसमै काम गर्दैआएका अमृतको पुस्तकलाई यसै वर्ष सार्वजनिक गर्ने योजना पनि हामीले राखेका छौं ।’
श्रेष्ठका अनुसार रजत वर्षको अवसर पारेर नेपथ्य आजसम्म नपुगेका स्वदेस तथा विदेसका स्थानहरुमा ब्याण्डलाई प्रस्तुत गर्न पनि यसपाला नेपालयले प्राथमिकता दिनेछ ।
‘नेपथ्यको दसौं एल्बम लगभग तयारी अवस्थामा छ,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘केहि गीतहरु सार्वजनिक भइसकेको यो एल्बम पनि यसै वर्ष आउनेछ ।’
यसबाहेक पनि विभिन्न योजनाहरु वर्षभरि सार्वजनिक गर्ने र आयोजना गर्ने काम ब्याण्डका तर्फबाट हुनेछ । ब्याण्डको फेसबुक facebook.com/nepathyaofficial र ट्वीटर @nepathya_band बाट यससम्वन्धि जानकारी अपडेट भइरहनेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते