काठमाडौँ, १० चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदमा करिब १४ हजार महिला उम्मेदवार निर्वाचित हुने भएका छन् ।
सरकारले मुलुकभर निर्धारण गरेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका, चार सय ८१ गाउँपालिका र तिनका कुल छ हजार ६८० वडाका विभिन्न पदका लागि निर्वाचन हुँदैछ । यसअघि प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ र २०५४मा दुई पटक स्थानीय निकायको निर्वाचन भई विसं २०५९मा सो निकाय जनप्रतिनिधिविहीन भएको थियो । करिब २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनको प्रारम्भ भने विसं २०१०मा काठमाडौँ, वीरगन्जलगायत नगरको निर्वाचनबाट सुरु भएको इतिहास छ ।
स्थानीय तह निर्वाचन ऐनानुसार नगरपालिका र गाउँपालिकाका क्रमशः प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमा राजनीतिक दलले उम्मेदवारी दिँदा एक महिला उम्मेदवार अनिवार्य हुनुपर्ने प्रावधान छ । यसका आधारमा दुई सय ६३ नगरपालिका र चार सय ८१ गाउँपालिकामा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमध्ये एक पदमा महिला निर्वाचित हुने सम्भावना छ ।
त्यसैगरी छ हजार छ सय ८० वडामध्ये प्रतिवडामा चार वडा सदस्यको निर्वाचन हुनेछ । वडाका ती सदस्यमध्ये दुई महिला सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार निर्वाचनबाट प्रतिवडामा दुई जनाका दर(छ सय ८० गुणा २) ले १३ हजार तीन सय ६० महिला वडा सदस्य निर्वाचित हुनेछन् ।
सात हजार दलित
दुई महिला वडा सदस्यमध्ये एक दलित महिला सदस्य अनिवार्य गरिएकाले त्यसमध्ये छ हजार छ सय ८० दलित महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । उम्मेदवारका रुपमा महिला सहभागिता अत्यन्त बढी हुनुपर्ने जनाउँदै आयोगले महिला मतदाता मात्र नभई महिला उम्मेदवारलाई परिलक्षित गरेर विशेष मतदाता शिक्षा कार्यक्रमसमेत ल्याएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आयोगले स्थानीय तह निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी बढाएको छ । निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता सङ्ख्या हुने आयोगको अनुमान छ । स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै मताधिकार प्रयोग गर्न पाउने छन ।
निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने र दलित तथा अल्पङ्ख्यक सहितको समावेशीस्वरूपको स्थानीय सरकार बन्नेछ । स्थानीय तह निर्वाचनमा विसं २०७४ वैशाख ३१ गते आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो