
परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैर आवासीय संघ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौ बैठकलाई आइतबार सम्बोधनपछि गैर आवासीय नेपाली उद्योगी व्यवसायीहरुका साथमा । तस्बिर ः सौजन्य– परराष्ट्रमन्त्रीको निजी सचिवालय, रासस
काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भन्नुभएको छ ।
मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।”
मन्त्री डा महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखाँै नेपाली बिदेसिन बाध्य हुनु परेको स्मरण गर्दै उनीहरुले अन्य देशमा गएर आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताउनुभयो । उहाँले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईंहरुले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ट पहिचानका लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन गर्नुहोस् र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।”
नेपालमा अर्काे महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनामा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाउँबाट सुरु हुन लागेको उहाँले बताउनुभयो । नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल पुनःसंरचित रुपमा स्थिरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहेकाले संसारका सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
मन्त्री डा महतले भन्नुभयो – “नेपालले यतिखेर विकास र समृद्धिको मार्ग तय गर्दैछ । विगतको जस्तो लगानीको वातावरण नरहेको भन्ने अवस्था अब देशमा छैन । त्यसैले म सबै गैरआवासीय नेपालीलाई नेपालको जलविद्युत्, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु ।” उहाँले देशको आर्थिक तथा विश्वमा नै पुँजी तथा प्रविधिको विकास र आदानप्रदान गर्न सकिने एक प्रभावकारी मञ्चका रुपमा गैरआवासीय सङ्घलाई लिएकाले यस अभियानको सहयोग र प्रवद्र्धनमा सघाउँदै आएको धारणा पनि राख्नुभयो ।
खाडी देशमा ठूलो सङ्ख्यामा रहेको नेपाली जनशक्तिको श्रमको सम्मान होस् र उनीहरुको हकअधिकार र सुविधाको संरक्षण र प्रवद्र्धन होस् भनी नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।
उक्त बैठकमा गैरआवासीय नेपाली सङ्घको एसिया प्रशान्त क्षेत्रीय देश, युरोप र अन्य देशका अगुवाका साथै नेपालका उद्योगी–व्यवसायीको पनि सहभागिता रहेको छ । सो बैठकमा मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान सिंह बस्नेत, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले, पूर्वअध्यक्षहरु जिवा लामिछाने र उपेन्द्र महतोलगायतले सम्बोधन गर्नुभयो ।
सो बैठकका लागि मन्त्री डा महत शनिबार मलेसिया जानुभएको हो । उहाँ आजै साँझ स्वदेश फर्किंदै हुनुहुन्छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा