लसएन्जेल्स (अमेरिका), १६ फागुन । प्रसिद्ध अमेरिकी निर्देशक वारी जेनकिन्सद्वारा निर्देशित सिनेमा ‘मुनलाइट’ ले ८९ औँ एकेडेमी अवार्ड (ओस्कार पुरस्कार) अन्तर्गत सर्वोत्कृष्ट तस्बिर पुरस्कार हात पार्न सफल भएको छ ।
उक्त सिनेमा यस वर्ष आठौँ ओस्कार छनौटमा परेको थियो भने हालै सर्वोत्कृष्ट चलचित्रका लागि गोल्डेन ग्लोब अवार्ड पनि हात पार्न सफल भएको थियो ।
ओस्कार पुरस्कारका लागि मजबुत दाबेदार मानिएको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्र पुरस्कार पाउन सफल भएको हो । लाला ल्यान्डले सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेत्रीलगायत जम्मा ६ वटा ट्रफी जित्न सफल भएको छ ।
त्यसैगरी यस वर्ष एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री बन्न सफल हुनुभएको छ । उहाँ चलचित्र ‘लाला ल्यान्ड’ मा अभिनय गरेकोमा पुरस्कृत बन्नुभएको हो ।
‘मेन चेस्टर बाइ द सी’ चलचित्रमा गरेको सफल अभिनयका लागि क्यासी अफलेक सर्वोत्कृष्ट नायक बन्न सफल बन्नुभएको छ ।
डामिएन चाजेलीले ८९ औँ ओस्कार पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । उहाँ ‘लाला ल्यान्ड’ का निर्देशक हुनुहुन्छ ।
भाइओला ड्याभिसले यस वर्षको सर्वोत्कृष्ट सहनायिकाका रुपमा ओस्कार पुरस्कार प्राप्त गर्नुभएको छ ।
उहाँ पारिवारिक चलचित्र फेन्सेसमा आमाको भूमिकामा अभिनय गर्नुभएको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते