
लन्डन, ४ फागुन । केही महिना अघिदेखि अमेरिकी डलर तथा विश्व अर्थ बजारका बलिष्ठ मुद्राका तुलनामा बेलायती स्टर्लिङ्ग पाउण्ड अवमूल्यन हुँदा ठूला जेट विमानका इन्जिन तथा मुख्य मुख्य पार्टपुर्जा उत्पादक, ख्यातिप्राप्त बेलायती कम्पनी रोल्स रोयसले ठूलो नोक्सान सहनु परेको छ ।
बेलायतमा सन् २०१६ को जुन महिनामा सम्पन्न जनमत सङ्ग्रहमा युरोपेली सङ्घबाट बेलायत बहिर्गमन हुने बहूमतीय जनादेश आएपछि उत्पन्न आर्थिक तथा राजनीतिक हलचलले विश्वब्यापी रुपमै बेलायती मुद्रा – स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएको थियो ।
अमेरिकी डलरको तुलनामा स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएकै कारण अन्य बेलायती उत्पादक वा व्यापारिक घरानाको तुलनामा सबभन्दा कडा मार पर्न गयो रोल्स रोयसलाई । प्रत्यक्ष व्यापार घाटा (म्यानुफ्याक्चरिङ्ग लस) नदेखिए ता पनि गत जुनदेखि हालसम्म चार दसमलव चार अर्ब स्टर्लिङ्ग पाउण्ड जति (पाँच दसमलव पाँच अर्ब अमेरिकी डलर बराबर) को मुद्रागत नोक्सानी (मनिटरी लस) सहनुपरेको हिसाब रोल्स रोयसले निकालेको छ ।
विभिन्न राष्ट्रका आफ्ना ग्राहकसँग विमानका ईन्जिन तथा अन्य पार्टपुर्जा आपूर्ति गर्ने प्रयोजनका लागि गरेको आर्थिक करार सम्झौताको अवधिमा स्टर्लिङ्ग पाउण्डको मूल्यमा करिब बीस प्रतिशतले गिरावट आएपछि सो मौद्रिक विनिमय नोक्सानी सहनु परेको रोल्स रोयसले जनाएको हो ।
मौद्रिक विनिमय नोक्सानीका अतिरिक्त मौद्रिक विनिमयमा घुसखोरी गरेको (ब्राइबरी एल्लिगेसन) आरोपमा रोल्स रोयसले ६७ करोड दस लाख स्टर्लिङ्ग पाउण्ड जति त जरिवानाबापत नियमन निकायलाई तिर्नु बुझाउनु परेको थियो ।
सन् २०१५ मा आठ करोड चालीस लाख पाउण्ड खुद मुनाफा आर्जन गर्न रोल्स रोयसले यस्तै यस्ता कारणवश सन् २०१६ मा चार अरब पाउण्ड खुद नोक्सानी सहनु परेको र यस नोक्सानीले बिराम नलागे ता पनि केही बर्षसम्म कम्पनी थला परी व्यापार यात्रा कठिन हुने देखिएको छ ।
यद्यपि, सन् २०१५ मा १३ अर्ब सत्तरी करोड पाउण्ड कुल आय रहेकोमा सन् २०१६ मा यसमा केही वृद्धि भई १५ अर्ब पाउण्ड पुगेको थियो ।
ठूला जेट विमानको इन्जिन र इन्जिन सम्बन्धित पार्टपुर्जा उत्पादन गर्नेः जनरल इलेक्ट्रिक, सिएफएम, डग्लास म्याक डोनेल, प्राट् एण्ड ह्विट्ने लगायतका कम्पनीहरुको तुलनामा रोल्स रोयसद्वारा उत्पादित इन्जिन तथा सरसामानहरुको अलि बढ्तै बिश्वसनीयता भएकै कारण विश्व उड्डयन उद्योगको बजारमा यस कम्पनीले ख्याति तथा मुनाफा आर्जन गरिरहेको थियो ।
संसारका अति सम्पन्न वा अति धनीमानीवर्ग तथा राजघरानाले मात्र चढ्न पाउने, अन्य सर्वसाधारण जनताले त किन्नै पनि नपाउने महँगो गाडी भनी नाम कहलिएको रोल्स रोयस लक्जरी एण्ड सेफ्टी कारको विगतका कैयन दशकसम्म उत्पादन र बिक्री वितरणबाट संसारभर आफ्नो विशिष्ट पहिचान बनाएको पुरानो र ख्याति प्राप्त यस कम्पनीले केही दशकपूर्वदेखि सो कार उत्पादन गर्न छाडेर विमानका इन्जिन र पार्टपुर्जा उत्पादनतर्फ हात हालेको थियो ।
वर्तमानमा यस्ता रोल्स रोयस लक्जरी एण्ड सेफ्टी कार जस्तै महँगो गाडीहरु बिएमडब्लु नामक कम्पनीले उत्पादन र बिक्री वितरण गर्ने गर्छ । रासस-एपी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]