
पोखरा रङ्गशालामा सञ्चालित १५औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा महिला तथा बालबालिका मन्त्री कुमार खडका लगायत सहभागीहरु । तस्बिरः हरि बाँस्तोला, पोखरा, रासस
पोखरा, १५ माघ । पन्ध्रौँ आहा रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता बनेको हो ।
मनाङ मस्र्याङ्दीका लागि निर्णायक गोल खेलको ७०औँ मिनेटमा कमल श्रेष्ठले गरेका थिए । उपाधिसँगै मनाङ मस्र्याङ्दीले रु पाँच लाख एक हजार एक तथा उपविजेता सहाराले रु दुई लाख ५१ हजार एक, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का, सांसद रवीन्द्र अधिकारी, क्षेत्रीय प्रशासक खगराज बराललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहारा क्लबका सुजित गुरुङले एक थान हिरो कम्पनीको स्कुटर प्राप्त गरेका छन् ।
उत्कृष्ट गोलकिपर सहाराकै सुजित गुरुङ, डिफेन्सर मनाङका कमल श्रेष्ठ, मिडफिल्डर मनाङकै सुजल श्रेष्ठ, स्ट्राइकर सहाराका शिव सुवेदी तथा सहाराकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भई जनही रु १५ हजार पुरस्कार प्राप्त गरे । टिकट काटेर प्रतियोगिता अवलोकन गर्ने पोखरा रामबजारका सङ्गीता रानालाई एक तोला सुनको सिक्का तथा सबैभन्दा बढी गोल गर्ने झापा–११ का कर्ण लिम्बूलाई रु २५ हजार प्रदान गरिएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा गत माघ ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा अमेरिकाको एएनए फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, बङ्गलादेशको फारसगन्ज एससी टिमलगायत १२ टिमको सहभागिता थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते