लन्डन । औसत बेलायती कामदारले एक वर्षमा कमाउने तलब ठूला कम्पनीका हाकिमहरुले आधा दिनमा नै कमाउंछन् भन्ने नयां प्रकाशित तथ्यांकले बेलायतमा धनी गरिवको खाडल छर्लङ पारेको छ । यससंगै अहिले बेलायत सरकारलाई तलब सम्बन्धि यति ठूलो विभेद कम गर्न दवाव सृजना भएको छ ।
लन्डन स्टक मार्केटको ठूला सय कम्पनीका कार्यकारी निर्देशकको वार्षिक औसत आम्दानी करिव ४० लाख पाउन्ड छ भने बेलायतमा काम गर्ने सामान्य कामदारको औसत तलब २८ हजार दुईसय पाउन्ड छ । लन्डनका ठूला १०० कम्पनीका हाकिमहरुले साधारण कामदार भन्दा १४४ गुणा बढी आम्दानी गर्ने भएकाले यसको अनुपात कम गरि समानता हुनुपर्ने आवाज उठेपनि वास्तविकतामा कदम चाल्न सरकारलाई सजिलो चाहिं छैन् । पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले ठूला हाकिम र तल्लो कामदारको तलब अनुपात बीस गुणा भन्दा बढी नहुने लक्ष्य बनाएपनि यसको कार्यन्वयन गर्न सकेनन् ।
बेलायतमा औसत तलबले एक परिवारको न्यूनतम आवश्यकता परिपूर्ति गर्न हम्मे हम्मे नै पर्छ । अर्को अर्थमा कम्पनीका धेरै कमाउने हाकिमहरुको तलब प्रतिघन्टा एक हजार पाउन्ड हुन्छ भने न्यूनतम तलब बेलायतमा घन्टाको ७ दशमलब २० पाउन्ड छ । समाजमा धनी र गरिबबीचको खाडल अरु थपिंदै गएकोले यसलाई सम्बोधन गर्न जरुरी रहेको आवाजहरु तीव्र उठेको छ ।
बेलायतका ट्रेड युनियनले कम्पनीका ठूला कार्यकारिणीको तलब धेरै बढ्नु तर सामान्य कामदारको औसत साताको तलब नौ वर्ष अघिको भन्दापनि कम रहेकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री टेरेजा मेले प्रधानमन्त्री भएकै दिनमा ठूला हाकिमहरुको अत्यधिक तलबको समस्यासंग जुध्ने वाचा गरेकी थिइन् ।
बेलायतका विपक्षी दलका नेता जेरेमी कोर्बिनले तलबको उच्चतम रकम तोक्नुपर्ने र काम गर्ने वर्गको गरिवीलाई सशक्त सम्बोधन गर्नुपर्ने आवश्यतामा औंल्याएका छन् । कम्पनीका हाकिमको मात्र नभइ बेलायतका ठूला फुटबल खेलाडीहरुको तलब पनि अप्रत्यासित बढी भएकोले समाजमा असमानता अरु बढेको टिप्पणी भइरहेको छ । समाजवादी चिन्तनको पृष्ठभूमि रहेका नेता कोर्बिनले बेलायत सरकारले अंगाल्दै आएको अस्टेरीटी (सरकारी खर्च कम गर्ने नीति) को चर्को आलोचना गर्दै धनीलाई कर बढि र निम्न वर्गलाई सरकारले अरु मद्दत गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
बेलायत सरकारले धेरै तलब लिने निजी कम्पनीको आलोचना गर्दै सरकार सबैका लागि उपयुक्त हुने अर्थतन्त्रको सिर्जना गर्ने बताएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नीति कम्पनीका सेयरधनीहरुको मतले नै निक्र्यौल गरोस् भन्ने छ ।
बेलायतमा लामो समयदेखि बस्दै आएका अर्थ ब्यवस्थापनका जानकार विकलचन्द्र आचार्य कर्पोरेट प्रशासनको नियममा सुधार गरी कम्पनीको तलब समितिमा कामदारको प्रतिनिधित्व हुनुपर्ने र कम्पनीको धेरै कमाउने र औसत कमाउनेको अनुपात प्रकाशन गरे केही हदसम्म तलब समस्या सुल्झाउन सकिने टिप्पणी गर्छन् । औद्योगिक क्रान्तिको सफलता देखि नै काम गर्ने वर्ग र धनीबीच आम्दानीमा असमानताको समस्या बढेको बताउंदै आचार्यले निजी क्षेत्रको तलब नियन्त्रण गर्न सरकारलाई ठूलो चुनौती हुने ठान्छन् । अहिलेको ग्लोबलाइजेसनमा सही सीप अनुरुपका ब्यक्तित्वलाई कम्पनीहरुले आकर्षण गर्न नसके ब्यवसायिक प्रतिष्पर्धामा असर पर्नसक्ने तथा उद्यमशीलतामा पनि कमी हुने सम्भावना भएकोले निजी कम्पनीको आफ्नो दायित्व र नैतिक पक्षबारे अरु वहस गर्न सान्दर्भिक भएको आचार्यको तर्क छ ।
ठूला कम्पनीको कार्यकारिणीको तलब अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अनुरुप भएको तथा कामको भार र सिप अनुकुल उचित रहेको कम्पनीका हाकिमहरुले बताउंदै आएका छन् । धेरै कमाइको कर तिरेरे आफूहरुले सरकारी आम्दानीमा ठूलो योगदान पुरयाएको उनीहरुको तर्क छ ।
मोर्गेज बाहेक नै औसत बेलायतीको ऋण करिब १३ हजार पाउन्ड भएको तथ्यांकले देखाएको छ । सन् २००८ को आर्थिक मन्दीले बेलायती अर्थतन्त्र नराम्ररी प्रभावित हुनुको प्रमुख कारण अनियन्त्रित ऋणलाई लिइन्छ । विकसित देशहरुमा व्यक्तिगत ऋण गत केहि वर्षयता अर्थतन्त्रको एउटा प्रमुख समस्या रहंदै आएको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित