बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: ०४:३२ | UK Time: 22:47

‘सरसर्ती संसार’ लिएर लन्डन आउंदै जीवा

वीनेपाली
२०७३ पुष १४ गते ११:५०
मस्को विमोचन समारोहको एक झलक ।

मस्को विमोचन समारोहको एक झलक ।

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आउने भएका छन् । यसअघि नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको उक्त नियात्राको बेलायत विमोचन आगामी जनवरी ८ तारिख आइतबार लन्डनमा हुने भएको हो ।

इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने उक्त लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुने कार्यक्रम संयोजक पत्रकार चिरन शर्माले जानकारी दिए । उक्त दिन नियात्राकार लामिछानेसंग प्रत्यक्ष भलाकुसारी हुनेछ ।

लामिछानेको उक्त कृति बुधबारमात्र मस्कोमा राजदूत ऋषिराम घिमिरेले विमोचन गरेका थिए । यसअघि तान्जानियाको दार ए सलाममा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईले लाकार्पण गरेको उक्त कृतिमा एनआरएनए पूर्व अध्यक्ष लामिछानेले विश्वका पांचै महादेश घुम्दाका अनुभव संग्रहित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक