राम्रो मानसिक स्वास्थ्य र असल श्रीमान / श्रीमती (पार्टनर ) भए दुई गुना तलब वृद्धिले भन्दा बढि मानिस खुशी रहन्छ भन्ने कुरा नयाँ अध्ययनले देखाएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले दुईलाख भन्दा बढि मानिससंग गरेको खोजमा कसरी बिभिन्न कुराले मानिसको खुशीमा असर गर्छ भन्नेबारे अध्ययन गरिएको थियो ।
चिन्ता या डिप्रेसनबाट गुज्रिरहेको मानिस सबैभन्दा कम सुखी हुने देखिएको छ भने सम्बन्धको शुरुवातले सबैभन्दा बढी खुशी बढाउने कारण पाइएको छ । यो अध्ययन धेरै अन्तर्राष्ट्रिय सर्वेक्षणको आधारमा गरिएको हो । १ देखि १० अंकको नापमा कसैको आम्दानी दोब्बरले बढ्दा खुशी शुन्य दशमलब २ भन्दा कमले बढेको देखिएको छ ।
जे भएपनि आफ्नो जीवनसाथी हुदां खुशी शुन्य दशमलब ६ ले बढेको छ भने जीवनसाथीसंगको पारपाचुके तथा मृत्युको कारणले खुशीको नाप नकारात्मक देखाएको छ ।
मानसिक स्वास्थ्य समस्या
डिप्रेसन या अति चिन्ताको कारणले खुशी शुन्य दशमलब ७ ले झरेको छ । बेरोजगारको कारणले पनि खुशी कम आउनुको कारक देखिएको छ । यस रिपोर्टका लेखक प्रो. रिचर्ड लेयार्डले राज्यलाई धनको सृजना गर्नु भन्दा पनि खुशीको सिर्जना गर्नुपर्ने कुरा जरुरी भएको बताए ।
विश्वमा चारमा एक जनालाई आफ्नो जीवनकालमा मानसिक रोगले पीडित हुनसक्ने तथ्यांकले देखाएको छ । संसारमा ४५ करोड भन्दा बढी मानिसको मानसिक अस्थिरताको कारणले स्वास्थ्यमा प्रतिकुल असर गर्नुको साथै असक्तताको निमित्त प्रमुख कारण भएको जनाइएको छ । बढ्दो महत्वकांक्षा तथा चिन्ताका कारणहरु पैसा, जागिर, रोग तथा सम्बन्ध आदिले मानसिक रोगको समस्या बढाउन सहयोग गर्छ ।
डिप्रेसन, व्यग्रता, भय, सन्त्रास (प्यानिक), ओसिड़ी (Obsessive-compulsive disorder) खानामा विशृंखलता आदि मानसिक रोगका उदाहरण हुन् । यसमा डिप्रेसनको समस्या धेरैलाई पाइएको छ । करिब एक दशमलब नौ करोड या जनसंख्याको ९ दशमलब ५ प्रतिशत अमेरिकनहरूलाई डिप्रेसन भएको अनुमान गरिएको छ । बिश्व स्वास्थ्य सङ्गठनले संसारमा करिब पैतिस करोड मानिसलाई डिप्रेसन भएको जनाएको छ ।
यसले संसारको स्वास्थ्य क्षेत्रमा भार पार्ने ठुलो काम गरेको छ । पुरुष भन्दा महिला बढी डिप्रेसनको शिकार भएका छन् । डिप्रेसनको सहि तरिकाले उपचार गर्न सकिन्छ । अति चिन्ताले अति धूमपान र मद्यपान गर्ने, काममा दुर्घटना हुन सक्ने हुन्छ । यो बेला व्यक्तिले टेन्सन सामना गर्न सक्दैन । परिवार र साथीभाई बिच व्यक्तिगत नाता कमजोर हुन्छ । यदि यस अवस्थामा व्यक्तिले चिन्ता सन्तुलन गर्न तत्काल कदम नचाले शारीरिक वा मानसिक रूपले असन्तुलन आउछन । मानसिक समस्याको लागि आफ्नो चिकित्सकसंग चाडै नै परामर्श गर्न संकोच मान्नु हुदैन ।
इंग्ल्यान्डमा असी प्रतिशत ४० देखि ६० बर्षका मानिसहरु मोटो
हालै प्रकाशित तथ्यांक अनुरुप इंग्ल्यान्डमा दसमा आठ जना ४० देखि ६० बर्ष उमेरका मानिसहरुले अस्वस्थकर जीवनशैली अंगालेकोले वजन बढी भएको र यसले उनीहरुको स्वास्थमा धेरै समस्या आउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । अफिसको निष्क्रिय जागिर, फास्टफुड खाना, अधिक मदिरा सेवन, व्यायामको कमि आदिले समस्या उत्पन्न गरेको जनाइएको छ ।
जीवनशैलीको सुझाब
त्यसैले खुशी र स्वस्थकर हुनको लागि जीवनशैली बारे जानकारी लिइ यसलाई आत्मसात गर्नुपर्छ । एउटा सानो जीवनशैली परिवर्तनले भविष्यमा आफ्नो स्वास्थ्यमा धेरै प्रभाव पार्छ ।
नियमित व्यायाम: घटीमा ५ /६ पल्ट हप्तामा २०–३० मिनेट व्यायाम गर्नुपर्दछ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांशपेशीको उपयोग हुन्छ अनि यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्दछ । एरोविक व्यायामका उदाहरणहरूमा पौडी खेल्नु, साइकल चलाउनु, नाच्नु, दौडनु आदि पर्दछन् । छिटो हिड्नु अझै पनि सबै भन्दा वेस एरोविक व्यायाम हो । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ । जस्तै पसलमा जाँदा गाडीको सट्टा हिँड्ने, बसबाट झर्दा अलि वरै झर्ने अनि बाँकी हिड्ने, साथी भाइसँग पनि बसेर गफ गर्नुको सट्टा हिँडेर गर्ने आदि । नियमित व्यायामले शक्ति र मांशपेशी को तागत बढाउँदछ । महत्त्वपूर्ण कुरा चाहि यस्तो व्यायाम गर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्दछ । आफूलाई मनपर्ने कुनै काम गरे हुन्छ जसले आफ्नो उमेर क्षमता, दक्षता अनुरुप पनि विचार गर्नुपर्दछ ।
नियमित व्यायामका फाइदाहरू-
–व्यायाम गर्दा इन्ड़ोर्फिन रगतमा छोडिन्छन् । यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँदछ ।
–व्यायामले दिमागको नकारात्मक सोच घटाउँदछ । गहिरो निन्द्रा बढाउछ ।
–कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल कम गर्न मद्दत गर्दछ ।
-रक्तचाप कम गर्नुको साथै शरीरको मोटोपनको प्रतिशत घटाउँदछ ।
–जोर्नीहरूलाई मद्दत पुर्याउँदछ, मसलको शक्ति र तागत बढाउँदछ ।
-आत्मविश्वास तथा काम गर्न सक्ने क्षमता बढाउँदछ ।
स्वास्थ्यकर खाना : स्वस्थ्यकर खानाले, चिन्तासँग लड्न सुधार पुर्याउँदछ । खानाले हाम्रो शरीरको प्रत्येक अङ्गहरूमा असर गर्दछ, मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ्य खानाले तन्दुरुस्तीको साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत संचालनमा सुधार, श्वासप्रश्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षघात हुने जोखिमबाट कम, सामान्य स्वस्थ्यमा सकारात्मक र शान्त रहन मद्दत आदि गर्दछ ।
खानामा हरहमेसा चिल्लो, चिनी, नुन, क्याफिन ,मदिरा आदि कम खाने गरेमा स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रसस्त फलफुल र सब्जी खानु पर्छ। शरीरलाई आवस्यक मात्रामा पानी पिउनु पर्दछ।
आराम : आराम गर्दा किताव पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलापहरू गर्ने, साथीभाइसँग भेटघाट आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने महत्त्वपूर्ण काम हुन्छ । यो कार्य दैनिकरुपमा गर्न सकेमा अझ जीवन सुन्दर हुन्छ ।
निन्द्रा: बेचैन हुनु चिन्ताको उग्ररुप हो । जति थकाइ लाग्दछ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्दछ । त्यसैले निन्द्रा ठूलो औषधी हो, जति गहिरो निन्द्रा पर्यो स्फूर्ति शरीरमा आउछ । नियमितरुपमा बेलुका चाँडै सुती बिहान चाँडै उठ्नु उत्तम हो ।
धूमपान त्याग्नु : धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउंछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।
मदिरा सेवन कम गर्ने: यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने हप्तामा १४ युनिट भन्दा बढी सेवन गर्नु हुदैँन भन्ने बेलायती सरकारको सुझाब छ । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ र यसले स्ट्रोक हुने जोखिमलाई धेरै बढाउँदछ ।
(१ युनिट = २५ ml Sprit, Half pint Beer, 125ml wine)
वजनलाइ ध्यान दिने : ठूलो भुँडी अथवा स्याउको जस्तो शरीरको बनोटले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाथ आदिको जोखिम बढाउंछ । आफ्नो उचाई अनुरुपको तौल हुनुपर्छ । यसको लागि सामान्य नियम अनुसार आफ्नो उचाई जति इन्च छ त्यतिनै किलो तौल हुनुपर्छ भन्ने मान्यता भनेर बुझ्नु पर्छ ।
जीवनशैली परिबर्तन गर्न कहिल्यै ढिलो हुदैन । आफ्नो स्वास्थ्यको बारे आफै जागरूप भइ खुशी र निरोगी तर्फ ध्यान दिऔं ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा