न्युयोर्क, १२ पुस । पाश्चात्य शैलिको अङ्ग्रेजी गीत, सङ्गीत बिधाका विश्व प्रसिद्ध लोक गायक (सुपरस्टार पप सिङ्गर) जर्ज माइकललाई बिभिन्न मुलुकका गायक गायिकाले भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका छन् ।
असामयिक मृत्युबारे आश्चर्य प्रकट गर्दै उनका कतिपय समकक्षीहरुले फेसबूक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत् बिभिन्न प्रतिक्रिया पनि ब्यक्त गरेका छन् ।
एकजना घनिष्ठ मित्र र प्रतिभाशाली कलाकारलाई गुमाएको प्रतिक्रिया छ विख्यात गायक एल्टन जोहनको । त्यस्तै, वर्तमानमा करोडौं श्रोताको मनमा छाउन सफल सुपरस्टार पप सिङ्गर म्याडोन्ना ‘अलबिदा मित्र…महान कलाकारले हामीलाई छोडेर गए’ भन्छिन् ।
अर्का चर्चित गायक पल म्याक्कार्टनी ‘हाम्रा हृदय भरी मीठो सङ्गीतको स्वाद भरिदिएर तिमीले बिदा लियौ, तिमीसँगैसँगै काम गरेका पलहरु स्मरण गर्दै रोमाञ्चित हुन्छु’ भन्छन् ।
जर्ज माइकलकै समूहका अर्का प्रसिद्ध गायक एन्ड्रयु रिज्लेले प्राचीन पूर्वीय ध्यान पद्धति ‘योग’ सँग चीर निद्रामा सुतेका जर्जलाई गाँस्दै ‘योर्स ओन्लि जर्ज (वाई.ओ.जि)’ को संज्ञा दिए ।
अर्का गायक निल डे–ग्रास्से टाइसनले ‘जब एक लोकप्रिय कलाकारको मृत्यु हुन्छ, त्यतिखेर एकजना साँच्चिकै मानव विश्वबाट बिछोडिएको हुन्छ’ भनेका छन् ।
यसैगरी, पाश्चात्य शैलिको सङ्गीत तथा गायन बिधाका ख्यातिप्राप्त अन्य कलाकार, म्युजिक भिडियो उत्पादक तथा चर्चित सङ्गीत समूहः सिम्प्ली रेड, लिसा मिनेल्ली, जेम्स कोर्डन, गोल्डी हाउन, इली गोल्डिङ्ग, मार्टिन फ्राइ, नाइल रोजर्स, हवार्ड जोन्स, मार्क रोन्सन, एलिसन मोएट लगायतले जर्ज माइकललाई श्रद्धा सुमन अर्पण गरेका छन् ।
संसारभरी क्रिसमसको मनाइरहेको अवस्था बेलायतका पप सुपरस्टार जर्ज माइकलको ५३ बर्षको उमेरमा आइतबार मृत्यु भएको थियो । स्थानीय समयाअनुासर आइतबार अपराह्न २ बजे उनको निवासका मृतक फेला परेको प्रहरीले जानकारी दिएको बताइएको छ । उनको हृदयघातका कारण मृत्यु भएको र अरु कुनै शङकास्पद कारण नभएको प्रहरीले जानकारी दिएको छ ।
माइकलले ८० र ९० को दुई दशक पप सांगीतिक क्षेत्रमा झन्डै एकछत्र राज गरेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते