न्युयोर्क, १२ पुस । पाश्चात्य शैलिको अङ्ग्रेजी गीत, सङ्गीत बिधाका विश्व प्रसिद्ध लोक गायक (सुपरस्टार पप सिङ्गर) जर्ज माइकललाई बिभिन्न मुलुकका गायक गायिकाले भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका छन् ।
असामयिक मृत्युबारे आश्चर्य प्रकट गर्दै उनका कतिपय समकक्षीहरुले फेसबूक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत् बिभिन्न प्रतिक्रिया पनि ब्यक्त गरेका छन् ।
एकजना घनिष्ठ मित्र र प्रतिभाशाली कलाकारलाई गुमाएको प्रतिक्रिया छ विख्यात गायक एल्टन जोहनको । त्यस्तै, वर्तमानमा करोडौं श्रोताको मनमा छाउन सफल सुपरस्टार पप सिङ्गर म्याडोन्ना ‘अलबिदा मित्र…महान कलाकारले हामीलाई छोडेर गए’ भन्छिन् ।
अर्का चर्चित गायक पल म्याक्कार्टनी ‘हाम्रा हृदय भरी मीठो सङ्गीतको स्वाद भरिदिएर तिमीले बिदा लियौ, तिमीसँगैसँगै काम गरेका पलहरु स्मरण गर्दै रोमाञ्चित हुन्छु’ भन्छन् ।
जर्ज माइकलकै समूहका अर्का प्रसिद्ध गायक एन्ड्रयु रिज्लेले प्राचीन पूर्वीय ध्यान पद्धति ‘योग’ सँग चीर निद्रामा सुतेका जर्जलाई गाँस्दै ‘योर्स ओन्लि जर्ज (वाई.ओ.जि)’ को संज्ञा दिए ।
अर्का गायक निल डे–ग्रास्से टाइसनले ‘जब एक लोकप्रिय कलाकारको मृत्यु हुन्छ, त्यतिखेर एकजना साँच्चिकै मानव विश्वबाट बिछोडिएको हुन्छ’ भनेका छन् ।
यसैगरी, पाश्चात्य शैलिको सङ्गीत तथा गायन बिधाका ख्यातिप्राप्त अन्य कलाकार, म्युजिक भिडियो उत्पादक तथा चर्चित सङ्गीत समूहः सिम्प्ली रेड, लिसा मिनेल्ली, जेम्स कोर्डन, गोल्डी हाउन, इली गोल्डिङ्ग, मार्टिन फ्राइ, नाइल रोजर्स, हवार्ड जोन्स, मार्क रोन्सन, एलिसन मोएट लगायतले जर्ज माइकललाई श्रद्धा सुमन अर्पण गरेका छन् ।
संसारभरी क्रिसमसको मनाइरहेको अवस्था बेलायतका पप सुपरस्टार जर्ज माइकलको ५३ बर्षको उमेरमा आइतबार मृत्यु भएको थियो । स्थानीय समयाअनुासर आइतबार अपराह्न २ बजे उनको निवासका मृतक फेला परेको प्रहरीले जानकारी दिएको बताइएको छ । उनको हृदयघातका कारण मृत्यु भएको र अरु कुनै शङकास्पद कारण नभएको प्रहरीले जानकारी दिएको छ ।
माइकलले ८० र ९० को दुई दशक पप सांगीतिक क्षेत्रमा झन्डै एकछत्र राज गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा