
लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले १७ डिसेम्बर शनिबार डार्टफोर्डमा स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम गरेको छ । बाप्टिस्ट चर्च, डार्टफोर्डमा आयोजित उक्त शिविरमा ५० भन्दा बढिले निशुल्क स्वास्थ्य परिक्षण गराए । चिकित्सक र नर्सहरुले ब्लड प्रेसर, सुगर र बिएमआइ परिक्षण गरि सहभागीलाई बेलायतमा स्वास्थ्य सेवाको पहुंच, जनस्वास्थ्य र स्ट्रोकबारे जानकारी दिलाएको कम्युनिटी अध्यक्ष राजेश पाठकले जनाए । जनचेतना सेसन दुई चिकित्सक डा. सुधीर लोहनी र डा. शम्भु तुलाधर तथा पांचजना
नर्सहरु सुनिता गौतम, ज्योति श्रेष्ठ, सन्जिता देउजा, शशी घिमिरे र सुनिता बोहोराले सञ्चालन गरेका हुन् ।
कम्युनिटीले डार्टफोर्ड क्षेत्रमा पहिलो पटक यस्तो स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम गरेको हो । अध्यक्ष पाठकले शिविर सफल बनाउन सहयोग गर्ने समस्त चिकित्सक, नर्स, कमिटी सदस्यहरु बाबुराम गुरुङ, दीपक थापा, सुनिल न्यौपाने, रमेश गुरुङ र सन्तोष श्रेष्ठप्रति आभार व्यक्त गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते