
लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले १७ डिसेम्बर शनिबार डार्टफोर्डमा स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम गरेको छ । बाप्टिस्ट चर्च, डार्टफोर्डमा आयोजित उक्त शिविरमा ५० भन्दा बढिले निशुल्क स्वास्थ्य परिक्षण गराए । चिकित्सक र नर्सहरुले ब्लड प्रेसर, सुगर र बिएमआइ परिक्षण गरि सहभागीलाई बेलायतमा स्वास्थ्य सेवाको पहुंच, जनस्वास्थ्य र स्ट्रोकबारे जानकारी दिलाएको कम्युनिटी अध्यक्ष राजेश पाठकले जनाए । जनचेतना सेसन दुई चिकित्सक डा. सुधीर लोहनी र डा. शम्भु तुलाधर तथा पांचजना
नर्सहरु सुनिता गौतम, ज्योति श्रेष्ठ, सन्जिता देउजा, शशी घिमिरे र सुनिता बोहोराले सञ्चालन गरेका हुन् ।
कम्युनिटीले डार्टफोर्ड क्षेत्रमा पहिलो पटक यस्तो स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम गरेको हो । अध्यक्ष पाठकले शिविर सफल बनाउन सहयोग गर्ने समस्त चिकित्सक, नर्स, कमिटी सदस्यहरु बाबुराम गुरुङ, दीपक थापा, सुनिल न्यौपाने, रमेश गुरुङ र सन्तोष श्रेष्ठप्रति आभार व्यक्त गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा