
लन्डन । बेलायती सांसदहरुको एउटा समूहले अध्यागमनबारे यूकेभरका जनतासंग बहस गर्ने भएको छ । बेलायत इयूबाट औपचारिक रुपमा अलग्गिएपछि कुन रुपमा अगाडि बढ्ने भन्ने सन्दर्भमा जनताको राय लिन त्यस्तो योजना बनाइएको हो ।
एघार सदस्यीय क्रस पार्टी होम अफेयर्स कमिटीले छलफलबाट आएको निचोड अनुरुप सरकारलाई सुझाव सिफारिस गर्ने बीबीसीले जनाएको छ । कमिटीकी अध्यक्ष लेबर सांसद यट्टी कुपरले भनिन्, अध्यागमनबारे यसअघि सधैं चर्को र आक्रोशपूर्ण आवाज सुनियो । जनता कस्तो खालको सुधार चाहन्छन् त्यो बुझ्न देशभर अध्यागमनको सार्थक बहस जरुरी छ । ब्रेक्जिट डिलका लागि अध्यागमन केन्द्रिय मुद्दा हुने कुपरले बताइन् ।
यसअघि कुपरले बीबीसीको ब्रेकफास्ट कार्यक्रममा बेलायती जनता अध्यागमनमा कस्तो सुधार चाहन्छन् त्यो उनीहरुले भन्न चाहेको बताएकी थिइन् । कुपरले सरकारले अध्यागमनबारे जनताले भनेका कुरा नसुन्नु पागलपन भएको पनि उल्लेख गरेकी थिइन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा