कुवेत नगर, १५ मङ्सिर । कुवेतका अमिर सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार पदमुक्त हुन लाग्नुभएका प्रधानमन्त्री सेख जबर मुबारक अल–सवाहलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आदेश दिनुभएको छ । कुवेतमा हालै भएको निर्वाचनमा प्रतिपक्षी दल बलियो देखिएको छ ।
सेख जबर मुबारक अल–सवाह सत्ताधारी अल–सवाह परिवारका वरिष्ठ सदस्य हुनुहुन्छ र सोमबार उहाँले संविधान अनुसार राजिनामा दिनुभएको थियो । कुवेतको संविधान अनुसार नयाँ निर्वाचन भएपछि कायम रहेको मन्त्रिपरिषद्ले राजिनामा दिनपर्छ ।
उहाँले डिसेम्बर ११ सम्म नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्छ । सोही दिन संसदको नयाँ अधिवेश आरम्भ हुनेछ ।
इस्लामीहरूको बाहुल्य रहेको प्रतिपक्षीले ५० स्थानयुक्त संसदका करिब आधा स्थान प्राप्त गरेका छन् र उनीहरूले तेलको राजश्व कम भएको अवस्थामा सरकारले ल्याउने मितव्ययी उपायको विरोध गर्ने बताएका छन् ।
प्रतिपक्षी सांसदहरूले निर्वाचनको नतिजा अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरे पनि ७३ वर्षीय सेख जावरलाई पुन नियुक्ति गरिएको छ ।
कुवेतको संविधान अनुसार निर्वाचनको नतिजा जे भए पनि प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अमिरलाई रहेको छ । कुवेती सरकार प्रणाली पश्चिमी शैलीको बहुदलीय प्रणालीसँग मिल्दैन ।
सरकारी कुना समाचार संस्थाले अमिरले पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख मार्जुक अल गानेमसँग परामर्शपछि शेख जाबरलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको उल्लेख गरेको छ ।
नयाँ संसदको सरकारसँग सम्बन्ध राम्रो नहुने अनुमान विश्लेषकहरूले गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा