प्रधानमन्त्री व्यस्त भएपछि माओवादी बैठक स्थगित

Prachanda

काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण नेकपा (माओवादी केन्द्र)को आजका लागि तय भएको पोलिटब्युरो बैठक स्थगित भएको छ ।

संविधान संशोधन विषय लगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष व्यस्त हुनुभएकाले बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुग्नुभएका प्रधानमन्त्री सो कार्यक्रमलगत्तै अन्य आन्तरिक काममा व्यस्त हुनुभएकाले बैठक मङ्गलबार बिहान ११ बजेका लागि तय गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा संविधान संशोधन, तीनमहिने जनपरिचालन अभियान सञ्चालन तथा सरकारको काम कारबाहीका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री