
सडक दुर्घटनाका पीडितको स्मरण दिवसका अवसरमा आइतबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दै ट्राफिक प्रहरी र विभिन्न संस्थाका प्रतिनिधि लगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ५ मङ्सिर । ‘सडक दुर्घटनाका पीडितको स्मरण दिवस’ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यहाँ आज दीप प्रज्वलन गरेको छ ।
माइतीघर मण्डलामा आयोजना गरिएको दीप प्रज्वलनमा ट्राफिक प्रहरीका साथै ठूलो सङख्यामा युवा, विद्यार्थीको सहभागिता थियो ।
महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नेपालमा बर्सेनि दुई हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिँदै यो रोक्न व्यक्तिको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
उहाँले दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सडक दुर्घटनामा परी घाइते हुनुभएका बाबुराम मिश्रले आफूले हतार गरी सवारी चलाएकै कारण दुर्घटनामा परेको बताउँदै सवारी चलाउँदै हतारो नगर्न सुझाव दिनुभयो ।
नेपालमा सडक दुर्घटनामा परी औसत दैनिक पाँच जनाको मृत्यु र १२ जना घाइते हुने गरेको तथ्याङ्क छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते