सडक दुर्घटनामा बर्सेनि दुई हजारको मृत्यु

सडक दुर्घटनाका पीडितको स्मरण दिवसका अवसरमा आइतबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दै ट्राफिक प्रहरी र विभिन्न संस्थाका प्रतिनिधि लगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस

सडक दुर्घटनाका पीडितको स्मरण दिवसका अवसरमा आइतबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दै ट्राफिक प्रहरी र विभिन्न संस्थाका प्रतिनिधि लगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ५ मङ्सिर । ‘सडक दुर्घटनाका पीडितको स्मरण दिवस’ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यहाँ आज दीप प्रज्वलन गरेको छ ।

माइतीघर मण्डलामा आयोजना गरिएको दीप प्रज्वलनमा ट्राफिक प्रहरीका साथै ठूलो सङख्यामा युवा, विद्यार्थीको सहभागिता थियो ।

महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नेपालमा बर्सेनि दुई हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिँदै यो रोक्न व्यक्तिको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

उहाँले दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सडक दुर्घटनामा परी घाइते हुनुभएका बाबुराम मिश्रले आफूले हतार गरी सवारी चलाएकै कारण दुर्घटनामा परेको बताउँदै सवारी चलाउँदै हतारो नगर्न सुझाव दिनुभयो ।

नेपालमा सडक दुर्घटनामा परी औसत दैनिक पाँच जनाको मृत्यु र १२ जना घाइते हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री