काठमाडौँ, २ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्नुभएको छ ।
एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ आज समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको जनाउनुभयो । उहाँले भन्नुभयो, “पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्काे गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।”
वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिइने जनाउनुभयो ।
आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उहाँले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताउनुभयो ।
एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले प्रशिक्षणका कार्यलाई पार्टी पङ्क्तिमा थप विस्तार गरिने जानकारी दिनुभयो । चौतारीका अध्यक्ष गणेश बस्नेतले आफ्नो सङ्गठनले विचार र व्यावसायिकतालाई एकसाथ लाने बताउनुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी