
लन्डन । बेलायतमा २७ नोभेम्बरका दिन हुन लागेको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा अब एक्लैले पनि प्रतिष्पर्धा गर्न पाउने भएका छन् । आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले आकांक्षीको आग्रहलाई मध्यनजर
गर्दै समूहमात्र होइन, अब एकल नाच समेत गर्न सकिने नियम बनाएको हो ।
बेलायतमा रहेका नेपाली युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गर्न लागिएको उक्त प्रतियोगितामा भाग लिन उमेर पनि घटाइएको छ ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, अब १५ वर्ष माथिकाले यसमा भाग लिन सक्नेछन् । यसअघि १६ वर्ष माथिकाले मात्र भाग पाउने भनिएको थियो । पुरस्कार राशी आकर्षक रहेको यस प्रतियोगिताको दर्ता समयसीमा पनि १० नोभेम्बरसम्म बढाइएको छ भने अडिसन १२ नोभेम्बर बिहान १० देखि ३ बजेसम्म प्रिन्सेस हल अल्डरसटमा गरिने भएको छ । अडिसनमा जुनसुकै गीतमा एउटा नाच देखाउनुपर्नेछ ।
नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेको उक्त प्रतियोगितामा प्रथम हुनेले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड पुरस्कार र प्रमाणपत्र पाउने आयोजकले जनाएका छन् । विजेतालाई फिल्म वा म्यूजिक भिडियोमा समेत अवसर दिने आयोजकको योजना छ । प्रतिष्पर्धीले चर्चित कोरियोग्राफर रिनासासंग धेरै डान्स टिप्स र ज्ञान लिन सक्नेछन् ।
सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने प्रतियोगितामा नेपालका लोकप्रिय नायक नायिका प्रियंका कार्की र दयाहाङ राईको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले सन् २००८ तिर गरेको ट्यालेन्ट हन्ट शो अत्यधिक रुचाइएको थियो । त्यही परिकल्पनालाई अहिले अझ परिस्कृत र परिमार्जित गर्दै प्रतियोगिता गर्न लागिएको हो । नेपाली समुदायका अगुवा सूर्य गुरुङ, कमल गुरुङ, सोलिसिटर राजु थापा, वी पी खनाल, डा. कपिल रिजाल, पुनम गुरुङ, कुसाङ गुरुङ जस्ता व्यक्तित्वको साथले पनि प्रतियोगिता विशेष हुने आशा गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा