लन्डन । नयां शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्व प्रख्यात बेलायतको अक्सफोर्ड युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्समा अन्तरक्रिया गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निम्तोमा बेलायत आउन लागेका भट्टराईले १४ नोभेम्बर सांझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बर सांझ अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा पब्लिक लेक्चर दिन लागेका हुन् ।
भट्टराई नोभेम्बर १३ तारिख आइतबार ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयां राजनीतिक शक्तिको आवश्यकता’ बारे हुन लागेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका महासचिव जगन कार्कीले जानकारी दिए ।
बेलायत भ्रमणका क्रममा डा. भट्टराईले बेलायती सांसदहरु, स्थानीय राजनीतिक व्यक्तित्व, नेपाली समुदाय र बुद्धिजिवी लगायतसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ ।
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार