लन्डन । नयां शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्व प्रख्यात बेलायतको अक्सफोर्ड युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्समा अन्तरक्रिया गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निम्तोमा बेलायत आउन लागेका भट्टराईले १४ नोभेम्बर सांझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बर सांझ अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा पब्लिक लेक्चर दिन लागेका हुन् ।
भट्टराई नोभेम्बर १३ तारिख आइतबार ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयां राजनीतिक शक्तिको आवश्यकता’ बारे हुन लागेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका महासचिव जगन कार्कीले जानकारी दिए ।
बेलायत भ्रमणका क्रममा डा. भट्टराईले बेलायती सांसदहरु, स्थानीय राजनीतिक व्यक्तित्व, नेपाली समुदाय र बुद्धिजिवी लगायतसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै