
लन्डन । एनआरएनए यूकेले चुनावमा मात्र सदस्यता बटुलिने यसअघिको परम्परा तोड्दै अहिले नै सदस्य संख्या वृद्धि गर्ने रणनीति लिएको छ । आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित बैठकले तत्काल सदस्यता विस्तारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । संघप्रति जनमानसको आकर्षण घटिरहेका बेला यस्तो निर्णय भएको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकले संघको आफ्नो महत्वकांक्षी नेपाल हाउस प्रोजेक्टका लागि कोष अभिवृद्धि गर्ने उद्देश्यले आगामी २६ डिसेम्बरका दिन च्यारिटी डिनर गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरि, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्समा क्षेत्रीय भेला गर्ने सहमति अनुरुप ति भेलाको संयोजन गर्न उपाध्यक्ष दासु पाण्डेलाई जिम्मेवारी तोकिइएको सचिव फडिन्द्र भट्टराईले जानकारी दिए । भेला हुने स्थान र मिति भने पछि तय गरिने बताइएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा