लण्डन । डार्टफोर्ड नेपाली समाजको दशैँ तिहार कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष राजेश पाठकको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गारेथ जोन्सन एमपी र अतिथिहरुमा डार्टफोर्ड बरो काउन्सिलका मेयर जोन बरेल, काउन्सिलरहरु आन अलान, टम म्याडिसन, डेइजी पेज र बच्चुकैलाश कैनी, समाजका पूर्व अध्यक्षहरु चण्डिका भट्ट र युवराज गर्बुजा, रोयल ग्रेनिच नेपलिज कम्युनिटीका महासचिव खुशी लिम्बु थिए ।
महासचिव दीपक थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष सन्तोष श्रेष्ठले दिएका थिए भने शुभकामना मन्तब्य दिनेहरुमा काउन्सिलर बच्चुकैलाश कैनी, डेइजी पेज, टम म्याडिसन, आन अलान, मेयर जोन बरेल र प्रमख अतिथि गारेथ जोन्सन थिए । शुभकामना दिँदै जोन्सनले डार्टफोर्ड यातायात र विद्यालयहरुका कारण बस्न राम्रो ठाउँ भएको बताउँदै यहाँ नेपालीहरुको बसोबास बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा जीसीएससीमा उत्तीर्ण विद्यार्थीहरु, नेपाली भाषा कक्षाका शिक्षकहरु, समाजले आयोजना गरेको खेलकुद प्रतियोगिताका विजेताहरुलाई पदक दिइएको थियो । यस्तै बितेको वर्षमा डार्टफोर्टमा आएका नयाँ नेपालीहरुलाई पनि स्वागत गरिएको थियो ।
समाजका अध्यक्ष राजेश पाठकले अतिथि तथा सहभागीहरु सबैलाई धन्यवाद र दशैँ तिहारको शुभकामना दिँदै औपचारिक कार्यक्रमको अन्त्य गरेका थिए । त्यसपछि मनोरञ्जनात्मक कार्यक्रमको आरम्भ भएको थियो । सो क्रममा सात÷आठ वर्षका कलिला विद्यार्थीदेखि बयस्कसम्मले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]