लण्डन । डार्टफोर्ड नेपाली समाजको दशैँ तिहार कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष राजेश पाठकको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गारेथ जोन्सन एमपी र अतिथिहरुमा डार्टफोर्ड बरो काउन्सिलका मेयर जोन बरेल, काउन्सिलरहरु आन अलान, टम म्याडिसन, डेइजी पेज र बच्चुकैलाश कैनी, समाजका पूर्व अध्यक्षहरु चण्डिका भट्ट र युवराज गर्बुजा, रोयल ग्रेनिच नेपलिज कम्युनिटीका महासचिव खुशी लिम्बु थिए ।
महासचिव दीपक थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष सन्तोष श्रेष्ठले दिएका थिए भने शुभकामना मन्तब्य दिनेहरुमा काउन्सिलर बच्चुकैलाश कैनी, डेइजी पेज, टम म्याडिसन, आन अलान, मेयर जोन बरेल र प्रमख अतिथि गारेथ जोन्सन थिए । शुभकामना दिँदै जोन्सनले डार्टफोर्ड यातायात र विद्यालयहरुका कारण बस्न राम्रो ठाउँ भएको बताउँदै यहाँ नेपालीहरुको बसोबास बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा जीसीएससीमा उत्तीर्ण विद्यार्थीहरु, नेपाली भाषा कक्षाका शिक्षकहरु, समाजले आयोजना गरेको खेलकुद प्रतियोगिताका विजेताहरुलाई पदक दिइएको थियो । यस्तै बितेको वर्षमा डार्टफोर्टमा आएका नयाँ नेपालीहरुलाई पनि स्वागत गरिएको थियो ।
समाजका अध्यक्ष राजेश पाठकले अतिथि तथा सहभागीहरु सबैलाई धन्यवाद र दशैँ तिहारको शुभकामना दिँदै औपचारिक कार्यक्रमको अन्त्य गरेका थिए । त्यसपछि मनोरञ्जनात्मक कार्यक्रमको आरम्भ भएको थियो । सो क्रममा सात÷आठ वर्षका कलिला विद्यार्थीदेखि बयस्कसम्मले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ