मंगलबार, कार्तिक ९ २०७८ | Tue, October 26, 2021
नेपालको समय: ११:०४ | UK Time: 06:19

बेलायतमा तिहारको टिका १०.२५ बजे उत्तम

वीनेपाली
२०७३ कार्तिक ७ गते १२:४२

pashupati temple London
लन्डन । हिन्दूहरुको दोश्रो महान पर्व तिहारका अवसरमा बेलायतमा विभिन्न कार्यक्रम हुने भएका छन् । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा अक्टोबर ३० तारिख लक्ष्मी पूजाको सांझ सामूहिक देउसी भैली खेल्ने र भजन किर्तन कार्यक्रम गरिने पन्डित निलहरि घिमिरेले जानकारी दिए । घिमिरेले यसपटक बेलायतमा तिहारको टिका १०.२५ बजे उत्तम रहेको पनि बताए ।

नोभेम्बर १ तारिख, मंगलबार बिहान १०.२५ बजे टिका थाप्ने पश्चिम फर्कने र टिका लगाइदिने दिदी बहिनी पूर्व फर्किएर लगाउंदा उत्तम हुने घिमिरेले जनाए ।

बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाले परम्परागत शैलीमै देउसी भैलो कार्यक्रम गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक