
लन्डन । बेलायतमा फिल्म प्रदर्शन र निर्माण क्रमले तीव्रता लिएको छ ।
निर्देशक मिलन चाम्सको ‘हयाप्पी डेज’ बेलायतमै छायांकन शुरु हुन लाग्दा युवा जीवनमा केन्द्रित अनि लभ, थ्रिलर र सस्पेन्सले भरिपूर्ण मुभी
‘ब्ल्याक समर’ बेलायतका विभिन्न शहरमा छायाङकन भइरहेको छ । एलबी सुब्बाको निर्देशनमा निर्माणाधिन ‘ब्ल्याक समर’ इंग्ल्याण्ड र वेल्स्मा छायांकन भइरहेको हो । सुब्बाले यसअघि बेलायतमै ‘निर्दोष’ र हङकङमा
‘कहीं दिन कहीं रात’ निर्देशन गरेका थिए । चलचित्रको लगानी करोड हाराहारी पुग्ने अनुमान निर्माताको छ ।

यूकेमा छायांकन भइरहेको यो पहिलो ठूलो लगानीको नेपाली चलचित्र भएको निर्माण पक्षको दावी छ । ड्रिम्स भिजन र प्रतिमा दुदराजको निर्माणमा बनिरहेको उक्त फिल्ममा रिमा विश्वकर्मा, रितेश राई, अमिसा राई, सपना श्रेष्ठ, दीपक गुरुङ (प्याटम्यान), जयसङ लिम्बुको मुख्य भूमिका रहने छ भने मनिष श्रेष्ठ, सनमकुमार बैराग, अभिर लिम्बु (भाक्सो), ओमकार अधिकारी, किशोर राई, सुरेश श्रेष्ठ, स्वस्तीका लिम्बु लगायतको सहायक भूमिका छ । कोरियोग्राफी र सिनेम्याटोग्राफीको जिम्मेवारी क्रमशः रिनासा बान्तवा राई र प्रतीक दुदराजको कांधमा छ । स्टाइलिष्ट मेरिना लिम्बु छन् भने मेकअप आर्टिष्ट मोनिका गुरुङ रहेको निर्माण पक्षले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते