मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: २३:१४ | UK Time: 18:29

जर्मनीमा प्लान्ट विस्फोटमा एकको मृत्यु, छ वेपत्ता

वीनेपाली
२०७३ कार्तिक २ गते १:१७
तस्विरः एएफपी

तस्विरः एएफपी

फ्रान्कफर्ट (जर्मनी), १ कात्तिक । पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादक प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको र छ जना हराइरहेका यहाँको वास्फ कम्पनीले जनाएको छ ।

घटनामा छ जना घाइते भएका जनाइएको छ ।

रसायन उत्पादन गर्ने प्लान्टमा रहेको पाइपमा आगो लाग्दा विस्फोट भएको र विष्पोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ ।

लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक